Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडा अस्पतालमा अक्सिजन पाईपलाईन र सक्सन मेसिन संचालन

Oxygen-1543224584.jpg

१० मंसिर, हेटौँडा । हेटौँडाको एकमात्रै सरकारी अस्पताल हेटौँडा अस्पतालमा अक्सिजन पाईपलाईन र सक्सन मेसिन संचालनमा आएको छ ।
२०६७ सालमा लगाएको महायज्ञबाट जडान भएको पाईपलाईन र सक्सन मेसिन ८ बर्षपछि आइतबारबाट संचालनमा आएको हो । अस्पताल व्यवस्थापनले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । १२ लाख रूपैयाँमा जठान भएको अक्सिजन पाईपलाईन संचालनमा आएपछि अबदेखि विरामीसंगै अक्सिजनको सिलिण्डर राख्नुपर्ने झन्झट हरेको छ । त्यस्तै, गम्भिर विरामीको खकार, थुक, अप्रेसनका क्रममा आउने रगत, पिप, पानी लगायत सोस्नका लागि सक्सन मेसिनले सुविधा पुग्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रविन श्रेष्ठले जानकारी दिए । अस्पतालमा विभिन्न खाले अप्रेशन संचालन भईरहेको र थाईराईज जाँच समेत संचालन भईरहेको श्रेष्ठको भनाई छ । महायज्ञमा नेपाल इकरात इन्जिनियरिङले घोषणा गरेको सहयोग रकम बराबर छुट गरी अस्पताल परिसरमा छुट्टै ट्रान्स्फर्मर जडान भएको जनाईएको छ ।
अस्पतालमा पछिल्लो समय अस्पतालको सेवामा उल्लेख्य सुधार आएको हेटौँडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले बताए । अस्पताल व्यवस्थापनले वडा कार्यालय र उपमहानगरपालिकासंग समन्वय गर्दै अघि बढेको बताउँदै अध्यक्ष न्यौपानेले यसले गर्दा मकवानपुरका विरामीले सहज सुविधा पाईरहेको दावि गरे । अस्पतालमा अहिले बहिरंग (ओपिडि) सेवामा दैनिक तीन सय र आकस्मिक सेवातर्फ १ सय ५० देखि २ सय विरामी आउने गरेको अस्पताल व्यवस्थापनले जनाएको छ । 
पत्रकार सम्मेलनमा अस्पतालका डा. हरि खड्कासहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार