१० मंसिर, हेटौँडा । हेटौँडाको एकमात्रै सरकारी अस्पताल हेटौँडा अस्पतालमा अक्सिजन पाईपलाईन र सक्सन मेसिन संचालनमा आएको छ ।
२०६७ सालमा लगाएको महायज्ञबाट जडान भएको पाईपलाईन र सक्सन मेसिन ८ बर्षपछि आइतबारबाट संचालनमा आएको हो । अस्पताल व्यवस्थापनले सोमबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको छ । १२ लाख रूपैयाँमा जठान भएको अक्सिजन पाईपलाईन संचालनमा आएपछि अबदेखि विरामीसंगै अक्सिजनको सिलिण्डर राख्नुपर्ने झन्झट हरेको छ । त्यस्तै, गम्भिर विरामीको खकार, थुक, अप्रेसनका क्रममा आउने रगत, पिप, पानी लगायत सोस्नका लागि सक्सन मेसिनले सुविधा पुग्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रविन श्रेष्ठले जानकारी दिए । अस्पतालमा विभिन्न खाले अप्रेशन संचालन भईरहेको र थाईराईज जाँच समेत संचालन भईरहेको श्रेष्ठको भनाई छ । महायज्ञमा नेपाल इकरात इन्जिनियरिङले घोषणा गरेको सहयोग रकम बराबर छुट गरी अस्पताल परिसरमा छुट्टै ट्रान्स्फर्मर जडान भएको जनाईएको छ ।
अस्पतालमा पछिल्लो समय अस्पतालको सेवामा उल्लेख्य सुधार आएको हेटौँडा वडा नम्बर १ का वडा अध्यक्ष सविन न्यौपानेले बताए । अस्पताल व्यवस्थापनले वडा कार्यालय र उपमहानगरपालिकासंग समन्वय गर्दै अघि बढेको बताउँदै अध्यक्ष न्यौपानेले यसले गर्दा मकवानपुरका विरामीले सहज सुविधा पाईरहेको दावि गरे । अस्पतालमा अहिले बहिरंग (ओपिडि) सेवामा दैनिक तीन सय र आकस्मिक सेवातर्फ १ सय ५० देखि २ सय विरामी आउने गरेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
पत्रकार सम्मेलनमा अस्पतालका डा. हरि खड्कासहित चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




