Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

महिला ठग्ने पक्राउ, करेन्ट लगाई माछा मार्ने २ कारवाहीमा 

maccha-marne-1543243033.jpg

राप्तीखोलामा करेन्ट लगाई माछा मार्ने


१० मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले सुनहो भनि पहेंलो धातु देखाई महिलालाई  ठगी गर्ने एकजान र करेन्ट लगाई माछा मार्ने २ जनालाई  पक्राउ गर्नुका साथै कारवाही गरेको छ । 
प्रहरीले असोज १६ गते हेटौँडा १६ हटिया चिसापानी बस्ने ५७ बर्षीया सकुन्तला खड्कालाई हेटौँडा १० बसपार्कमा रहेको सब्जिमण्डी देखी आँखा अस्पताल जाने बाटोमा सुन जस्तो देखिने पहेंलो धातु दिई १ तोला सुनको रिङ् र दश हजार रुपैया लिई ठगी गरेको भनी दिएको निबेदनको आधारमा जिल्लाबाट खटि गएको  बिशेष प्रहरी टोलिले निज खडकालाई ठगी गर्ने भिमफेदी गाउपालिका २ बस्ने ३६ बर्षीया राम सरण तामाङ्लाई हेटौँडा १ जरुवाटोलबाट पक्राउ गरेको जनाएको छ । पक्राउ परेका तामाङले अन्य व्यक्तीलाई ठगेको पाइएकोले सो सम्बन्धी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्त डिएसपि नरेश कुमार सिंहले बताए । 
त्यसैगरी प्रहरीले राप्तीखोलामा करेन्ट लगाई माछा मार्ने २ जनालाई नियन्त्रणमा लिई कारवही गरेको छ । प्रहरी चौकी बसामाडीबाट खटि गएको प्रहरी टोलीले हेटौँडा ३ लेवटमा पर्ने राप्तीखोलामा करेन्ट लगाई माछा मारिरहेका अवस्थामा हेटौँडा १२का ४३बर्षीया हरि बहादुर घले र सोहि ठाउ बस्ने बर्ष ३८का धन बहादुर घलेलाई नियन्त्रणमा लिई निजहरुलाई जलचर संरक्षण ऐन २०१७ को दफा ३ बमोजिम आवश्यक कारवाहीको जिल्ला प्रशासन कार्यालय पठाईएकोमा कार्यालयले जनहि ५ हजार जरिवाना गराई छाडीएको डिएसपि सिंहले बताए ।

sun-thagne-1543243035.jpg

धातु देखाई महिला ठग्ने तामाङ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार