Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

फाष्ट ट्रयाकको काठ कुहिए पनि सम्बन्धित निकायको वेवास्ता

F2-1543385416.jpg

रुपेश दुलाल
९ मंसिर, हेटौँडा ।
राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुत मार्ग (फाष्ट ट्रयाक) मा कटान भएको काठ कुहिन थालेको छ । नेपाली सेनाले सडक विस्तारका क्रममा कटान गरेको काठ कुहिन थालेको हो । 
मकवानपुरमा पर्ने फाष्ट ट्रयाक विस्तारका क्रममा कटान भएका काठ सेनाले हस्तारन्तरण गरेको ६ महिना नाघिसक्दा पनि सदुपयोग नहुँदा कुहिन थालेको छ । नेपाली सेनाले बैशाख महिनामा हस्तान्तरण गरेको काठ घाटगद्धी गरेर राखेपनि सामुदायिक वन समूहले सदुपयोग गर्न पाएका छैनन् । प्रदेश सरकार अन्तरगतको क्षेत्रीय वन निर्देशनालय र तत्कालिन जिल्ला वन कार्यालयको पत्रचारका कारण काठ कुहिने अवस्थामा पुगेको छ । यि निकायले भुकम्प पीडित र आपूर्ति समितिका नाममा ७५ प्रतिशत काठ आफुले पाउनुपर्ने भन्दै पत्रचार गरेपछि वन समूहका उपभोक्ता रुष्ट बनेका छन् । ‘संरक्षण गर्ने हामी अनि ७५ प्रतिशत उनीहरुलाई दिनु पर्ने भन्ने कुरा हामीलाई चित्त बुझेको छैन’–हेटौँडा–१८ का खडानन्द सञ्जेलले भने । सामुदायिक वन समूहका उपभोक्ताहरुले आप्mनो वन समूहको काठ सरकारी निकायलाई बुझाउनु पर्ने काममा सहमति नजनाएको र पटक पटक यसबारे निकास दिन आग्रह गरेपनि सम्बन्धित निकायबाट जवाफ नआएको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष मञ्जु पण्डितले बताईन् ।
वन समूहलाई वन संरक्षण र सदुपयोगको अधिकार भएपनि हजारौं क्यूफिट काठ कटान भएपछि प्रदेश सरकारको वन मन्त्रालय र मातहतका निकायको ‘आँखा’ यसमा परेको उपभोक्ताहरुको आरोप छ । कटान भएका काठ विक्रि वितरणमा सहजिकरण गर्नुपर्ने निकायले नै पत्रचार गरेर काठ कुहिने अवस्थामा पु¥याएको हर्नामाडिका दिपेन्द्र बानियाँको गनासो छ । दुबै निकायको पत्राचार पछि जिल्ला तह र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसम्मलाई अवगत गराउँदा समेत वेवास्ता भएको पञ्चकन्या सामुदायिक वनका पूर्व अध्यक्ष गोपाल न्यौपाने बताउँछन् । 
घामपानीले काठ कुहिने र धमिरा लागेर नष्ट हुने अवस्थातर्फ उन्मुख हुँदा समेत नीतिगत अस्पष्टताका कारण आफुहरुले निर्णय दिन नसकेको डिभिजन वन कार्यालयको भनाई छ । सामुदायिक वन वा राष्ट्रिय वनभित्र सञ्चालित विकास आयोजनामा कटान भएका काठ भूकम्प पीडितका लागि छुट्याउनुपर्ने भन्नेमा डिभिजन वन कार्यालय मकवानपुर नै अन्यौलमा छ । संघीय सरकार अन्तरगत काम गरिरहेको वन कार्यालय अहिले प्रदेश तहमा आउँदा स्पष्ट निर्देशन नआएको र यसबारे छिटै टुंगो लाग्ने डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत विशाल भट्टराईको भनाई छ ।
एकातर्फ राष्ट्रिय महत्वको फाष्ट ट्रयाकको हजारौं क्यूफिट काठ कुहिने र धमिरा लाग्ने अवस्थामा पुगेको छ भने अर्को तर्फ सम्बन्धित निकायको यसप्रति गम्भिर चासो देखिदैन । काठ नपाएर वन समूहका उपभोक्ता मारमा पर्ने र घाटगद्धी भएका काठ कुहिने अवस्थाको अन्त्यका लागि प्रदेशको वन मन्त्रालय, निर्देशनालय र डिभिजन वन कार्यालय मकवानपुरले आफ्नो जिम्मेवारी पुरी काठ सदुपयोगका लागि वातावरण बनाउनुपर्ने उपभोक्ताको माग छ ।

F-1543385453.jpg
F3-1543385454.jpg
F4-1543385454.jpg
F1-1543385917.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार