रुपेश दुलाल
९ मंसिर, हेटौँडा । राष्ट्रिय गौरवको आयोजना काठमाण्डौं–तराई द्रुत मार्ग (फाष्ट ट्रयाक) मा कटान भएको काठ कुहिन थालेको छ । नेपाली सेनाले सडक विस्तारका क्रममा कटान गरेको काठ कुहिन थालेको हो ।
मकवानपुरमा पर्ने फाष्ट ट्रयाक विस्तारका क्रममा कटान भएका काठ सेनाले हस्तारन्तरण गरेको ६ महिना नाघिसक्दा पनि सदुपयोग नहुँदा कुहिन थालेको छ । नेपाली सेनाले बैशाख महिनामा हस्तान्तरण गरेको काठ घाटगद्धी गरेर राखेपनि सामुदायिक वन समूहले सदुपयोग गर्न पाएका छैनन् । प्रदेश सरकार अन्तरगतको क्षेत्रीय वन निर्देशनालय र तत्कालिन जिल्ला वन कार्यालयको पत्रचारका कारण काठ कुहिने अवस्थामा पुगेको छ । यि निकायले भुकम्प पीडित र आपूर्ति समितिका नाममा ७५ प्रतिशत काठ आफुले पाउनुपर्ने भन्दै पत्रचार गरेपछि वन समूहका उपभोक्ता रुष्ट बनेका छन् । ‘संरक्षण गर्ने हामी अनि ७५ प्रतिशत उनीहरुलाई दिनु पर्ने भन्ने कुरा हामीलाई चित्त बुझेको छैन’–हेटौँडा–१८ का खडानन्द सञ्जेलले भने । सामुदायिक वन समूहका उपभोक्ताहरुले आप्mनो वन समूहको काठ सरकारी निकायलाई बुझाउनु पर्ने काममा सहमति नजनाएको र पटक पटक यसबारे निकास दिन आग्रह गरेपनि सम्बन्धित निकायबाट जवाफ नआएको पञ्चकन्या सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष मञ्जु पण्डितले बताईन् ।
वन समूहलाई वन संरक्षण र सदुपयोगको अधिकार भएपनि हजारौं क्यूफिट काठ कटान भएपछि प्रदेश सरकारको वन मन्त्रालय र मातहतका निकायको ‘आँखा’ यसमा परेको उपभोक्ताहरुको आरोप छ । कटान भएका काठ विक्रि वितरणमा सहजिकरण गर्नुपर्ने निकायले नै पत्रचार गरेर काठ कुहिने अवस्थामा पु¥याएको हर्नामाडिका दिपेन्द्र बानियाँको गनासो छ । दुबै निकायको पत्राचार पछि जिल्ला तह र प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीसम्मलाई अवगत गराउँदा समेत वेवास्ता भएको पञ्चकन्या सामुदायिक वनका पूर्व अध्यक्ष गोपाल न्यौपाने बताउँछन् ।
घामपानीले काठ कुहिने र धमिरा लागेर नष्ट हुने अवस्थातर्फ उन्मुख हुँदा समेत नीतिगत अस्पष्टताका कारण आफुहरुले निर्णय दिन नसकेको डिभिजन वन कार्यालयको भनाई छ । सामुदायिक वन वा राष्ट्रिय वनभित्र सञ्चालित विकास आयोजनामा कटान भएका काठ भूकम्प पीडितका लागि छुट्याउनुपर्ने भन्नेमा डिभिजन वन कार्यालय मकवानपुर नै अन्यौलमा छ । संघीय सरकार अन्तरगत काम गरिरहेको वन कार्यालय अहिले प्रदेश तहमा आउँदा स्पष्ट निर्देशन नआएको र यसबारे छिटै टुंगो लाग्ने डिभिजन वन कार्यालय मकवानपुरका सहायक वन अधिकृत विशाल भट्टराईको भनाई छ ।
एकातर्फ राष्ट्रिय महत्वको फाष्ट ट्रयाकको हजारौं क्यूफिट काठ कुहिने र धमिरा लाग्ने अवस्थामा पुगेको छ भने अर्को तर्फ सम्बन्धित निकायको यसप्रति गम्भिर चासो देखिदैन । काठ नपाएर वन समूहका उपभोक्ता मारमा पर्ने र घाटगद्धी भएका काठ कुहिने अवस्थाको अन्त्यका लागि प्रदेशको वन मन्त्रालय, निर्देशनालय र डिभिजन वन कार्यालय मकवानपुरले आफ्नो जिम्मेवारी पुरी काठ सदुपयोगका लागि वातावरण बनाउनुपर्ने उपभोक्ताको माग छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



