Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेपालमा ३१ हजार एचआइभी संक्रमण

47041337_1061468577357261-1543590986.jpg

सुनिल शिवाकोटी
१४मंसिर, हेटौँडा ।सन २०१७को अन्त्य सम्म संसारभर ३ करोड ६९ लाख व्यक्तिहरुमा एचआइभी संक्रमण भएकोमा नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको अनुमान गरिएको छ । स्वास्थ्थ निर्देशनालय प्रदेश नम्बर ३ हेटौँडाले शुक्रबार पत्रकार भेटघाटको आयोजना गर्दै यस विषयमा जनाकारी गराएको हो । 
विश्व एडस दिवस २०१८ को पुर्वसन्ध्यामा निर्देशनालय पत्रकार भेटघाट गरी नेपालमा विश्व एडस दिवस मनाउन लागेको ३० बर्ष भईसकेको र विश्वब्यापि रुपमा नेपाल लगायत विश्वको केही देशबाट एचआइभी संक्रमणको संख्या घटदो क्रममा रहेको जनाएको छ । स्वास्थ्थ निर्देशनालय प्रदेश नम्बर ३ हेटौँडाका स्वास्थ्थ निर्देशक डाक्टर यदु चन्द्र घिमिरेले स न २०१७को अन्त्य सम्म नेपालमा ३१ हजार २० जनामा एचआइभी संक्रमण भएको जसमा १९ हजार २० पुरुष र १२ हजार महिला रहेको बताइ । उनले सन २०१० देखि २०१७ सम्म नेपालमा ६१ प्रतिशत नयाँ संक्रमण घटेको र ६३ प्रतिशत बच्चाहरुमा हुने नयाँ संक्रमण कमी आएको बताए । 
त्यसैगरी प्रदेश नम्बर ३ जनस्वास्थ्थ प्रशासक डाक्टर राजेन्द्र  गिरीले सन २०१७मा नेपालमा कुल एचआइभी संक्रमण मध्य ५३ प्रतिशत १६ हजार ४ सय २८ जना मात्र उपचारमा रहेको जनाए । उनले सन २०२० सम्म ९०ः९०ः९० अर्थात ९० प्रतिशत एचआइभी संक्रमितहरुले आफनो अवस्थाबारे थाहा पाउने, ती मध्य ९० प्रतिशतको औषधी उपचारमा पहुच हुने बताए र ती मध्य औषधी सेवन गर्ने मध्य ९० प्रतिशतको शरीरमा भाइरसको भार न्युन हुने बताए।कार्यक्रममा हेटौँडामा अहिले २ सय २८ मा एचआइभी संक्रमण देखिएकोमा १ सय ७३ जनामात्र उपचारका लागि आएको जनाइएको छ ।  
यसैगरी निर्देशनालयले विश्व एडस दिवसको अवसरमा भोलि डिसेम्बर १ का दिन चेतनामूलक कार्यक्रम गरी मनाउने भएको छ। निर्देशनालयले भोलि हेटौँडाको बुद्धचोकमा चेतनामूलक सडकनाटक सहित रयालीको आयोजना गरी बेलुका बुद्धचोकमा दिप प्रज्जवलन गर्ने जनाएको छ । हरेक वर्ष डिसेम्बर १ का दिन  विश्वभर एड्स दिवस मनाउने गरीन्छ ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार