१५ मंसिर, हेटौँडा । मिडफिल्डर अन्जन विष्टले र विदेशी खेलाडी ओलावले आफिजले १–१ गोल गरेपछि सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युवा क्लबलाई २–० ले पराजित गरेको छ ।
यो जितसँगै मनाङले शीर्षस्थानमा ३ अंकको अग्रता बनाएको छ । गोलरहित पहिलो हाफपछि मनाङले अन्जनको गोलमा अग्रता लिएको थियो । अन्जनले ५५ औं मिनेटमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । विमल रानामगरले बलमा नियन्त्रण गुमाएपछि छुटेको बलमा अन्जनले भली प्रहार गरेका थिए ।
यस्तै ओलावाले आफिजले ७८ औं मिनेटमा मनाङको अग्रता दोब्बर पारे । विमल राना मगरको लामो पासलाई पहिलो टचमा नियन्त्रण गर्दै आफिजले दोस्रो टचमा उत्कृष्ट फिनिस गरेका हुन ।
यस जितसँगै मनाङले शीर्ष स्थानमा ३ अंकको अग्रता कायम गरेको छ । शत प्रतिशत जित दर्ता गरेको मनाङको ५ खेलमा १५ अंक छ । मनाङलाई रुस्लान थ्री स्टार र संकटाले १२ अंक जोड्दै पछ्याइरहेका छन् । सरस्वतीले भने ५ खेलमा ६ अंक हासिल गरेको छ ।
यस अघि शनिवार नै भएको पहिलो खेलमा संकटा क्लबले च्यासल युथ क्लबमाथी २–१ को जित निकालेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा भएको खेलमा संकटाको जितका पेनाल्टी मार्फत अमित तामाङ र विदेशी खेलाडी एलोन म्याक्सवेलले गोल गरे ।
यस्तै च्यासलको तर्फबाट एक मात्र गोल सन्तोष साहुखलले गरे । जितसँगै संकटा लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
संकटाले पाँच खेलमा १२ अंक जोड्न सफल भएको छ । च्यासल भने पाँच खेलमा तीन हार, एक जित र एक बराबरीसहित ४ अंकमै सीमित छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



