Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

किसान दुग्ध सहकारीको २८ औँ साधारणसभा 

Milk-1543672504.jpg

१५ मंसिर, हेटौँडा । हेटौंडा–१७ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २८ औँ वार्षिक साधारणसभा शनिबार भएको छ । 
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उद्धव सत्यालको अध्यक्षतामा साधारणसभा भएको हो । कार्यक्रमका प्रमुख अतिथि देवकोटाले किसानले उत्पादनलाई बृद्धि गर्दै लागत घटाउन लाग्नुपर्ने बताए । किसानले आफ्नो लागि आवश्यक पर्ने घाँस आफैले उत्पादन गर्नुपर्नेमा उनले जोड दिएका थिए । ३११ जना शेयर सदस्य रहेको सहकारीले ४०९ वटा गाई र भैसीको बीमा गराएको छ । सहकारीले बीमा गरेका २ वटा पशु मरेकोले ५६ हजार रकम किसानलाई फिर्ता समेत गरेको छ । 
सहकारीले एक वर्षमा ४ लाख १ हजार ७ सय ४९ लिटर दूध विक्री गर्न सफल भएको संस्थाका अध्यक्ष उद्धव सत्यालले जानकारी दिए । सहकारीको शेयर पूँजी १५ लाख ५८ हजार ६ सय रुपैयाँ र बचत निक्षेप ४६ लाख ७४ हजार २ सय २० रुपैयाँ रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । बढी परिमाणमा दुग्ध विक्री गर्ने कल्पना रेग्मी र गोविन्द प्रसाद अधिकारीलाई सम्मान गरेको छ । 
रेग्मीले ८ हजार ६ सय २० लिटर दूध विक्री गर्दै प्रथम र अधिकारी ६ हजार ८ सय ९९ लिटर दूध विक्री गर्दै दोश्रो भएका हुन् । त्यस्तै, दुग्ध पदार्थको गुणस्तर तर्फ बाबुराम मोक्तान, शेरबहादुर राई र उत्कृष्ठ ऋणीमा कृष्णप्रसादद रुपाखेतीलाई सम्मान गरेको हो । सहकारीले एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान समेत गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार