१५ मंसिर, हेटौँडा । हेटौंडा–१७ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २८ औँ वार्षिक साधारणसभा शनिबार भएको छ ।
केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष उद्धव सत्यालको अध्यक्षतामा साधारणसभा भएको हो । कार्यक्रमका प्रमुख अतिथि देवकोटाले किसानले उत्पादनलाई बृद्धि गर्दै लागत घटाउन लाग्नुपर्ने बताए । किसानले आफ्नो लागि आवश्यक पर्ने घाँस आफैले उत्पादन गर्नुपर्नेमा उनले जोड दिएका थिए । ३११ जना शेयर सदस्य रहेको सहकारीले ४०९ वटा गाई र भैसीको बीमा गराएको छ । सहकारीले बीमा गरेका २ वटा पशु मरेकोले ५६ हजार रकम किसानलाई फिर्ता समेत गरेको छ ।
सहकारीले एक वर्षमा ४ लाख १ हजार ७ सय ४९ लिटर दूध विक्री गर्न सफल भएको संस्थाका अध्यक्ष उद्धव सत्यालले जानकारी दिए । सहकारीको शेयर पूँजी १५ लाख ५८ हजार ६ सय रुपैयाँ र बचत निक्षेप ४६ लाख ७४ हजार २ सय २० रुपैयाँ रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । साधारण सभाको अवसरमा सहकारीले विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान समेत गरेको छ । बढी परिमाणमा दुग्ध विक्री गर्ने कल्पना रेग्मी र गोविन्द प्रसाद अधिकारीलाई सम्मान गरेको छ ।
रेग्मीले ८ हजार ६ सय २० लिटर दूध विक्री गर्दै प्रथम र अधिकारी ६ हजार ८ सय ९९ लिटर दूध विक्री गर्दै दोश्रो भएका हुन् । त्यस्तै, दुग्ध पदार्थको गुणस्तर तर्फ बाबुराम मोक्तान, शेरबहादुर राई र उत्कृष्ठ ऋणीमा कृष्णप्रसादद रुपाखेतीलाई सम्मान गरेको हो । सहकारीले एसईई परिक्षामा उत्कृष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई सम्मान समेत गरेको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)