Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शहीद स्मारक ‘ए’ डिभिजन लिगः फ्रेन्डस र जावलाखेलको पहिलो जित, आर्मी तेश्रो स्थानमा उक्लियो 

A-division_BWmphyP5mE-154-1543755369.jpg

१६ मंसिर, हेटौँडा । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आइतबार भएका तीन खेलमा फ्रेन्ड, जावलाखेल र आर्मी विजयी भएका छन् । 
आइतबारको खेलमा जित निकाल्दै फ्रेन्डस र जावलाखेलले प्रतियोगितामा पहिलो जित आत्मासात गरेका छन् । आइतबारको खेलमा मच्छिन्द्र क्लबलाई ३–० ले पराजित गर्दै फ्रेन्ड्सले पहिलो जित निकालेको हो । 
एन्फा कम्प्लेक्समा सातदोबाटोमा भएको खेलमा फ्रेन्ड्सलाई जित दिलाउन फोफाना ब्राहिमान, संजोक महर्जन र अनिल महर्जनले एक–एक गोल गरे । जितसँगै फ्रेन्ड्सले ४ अंक जोडेको छ । चार खेलपछि फ्रेन्ड्सले पहिलो जित निकालेको हो । यसअघि फ्रेन्ड्सले ४ खेलमा ३ हार र एक बराबरी खेलेको थियो । 
लिगमा मच्छिन्द्रको यो तेस्रो हार हो । मच्छिन्द्रले पाँच खेलमा २ अंकमात्र जोडेको छ । मच्छिन्द्रले अघिल्ला ४ खेलमा २ हार र २ मा बराबरीको नतिजा निकालेको थियो ।
यस्तौ आइतबारकै अर्को खेलमा ब्रिगेड ब्वाइजलाई १–०ले हराउँदै जावलाखेलले पनि पहिलो जित निकालेको छ । ब्रिगेड ब्वाइज विरुद्धको खेलमा निर्धारित समयको २ मिनेट बाँकी हुँदा अरुज सिंहले पेनाल्टीमा गोल गरेपछि जावलाखेल विजयी भएको हो । 
यो जावलाखेलले ५ खेलमा १ जित, १ बराबर र ३ हारसँगै ४ अंक जोडेको छ । ब्रिगेड ब्वाइज भने ५ खेलमा १ जित र ४ हारसँगै ३ अंक जोड्दै १३ औं स्थानमा छ । 
यसैगरी आइतबारको तेश्रो खेलमा कप्तान भरत खवासले उत्कृष्ट प्रदर्शनसँगै दुई गोल गरेपछि त्रिभुवन आर्मी क्लब हिमालयन शेर्पा क्लब विरुद्ध २–१ ले विजयी भएको छ । यो जितसँगै आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने आफनो अपराजित यात्रालार्य कायमै राखेको छ । 
आर्मीको ५ खेलमा ४ जित र १ बराबरीसँगै १३ अंक भएको छ । शेर्पा भने लिगमा पहिलो हार बेहोरेपछि ५ खेलमा १० अंकमा सिमित भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार