Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

रोटरीको पहलमा निमार्ण गरिएको बिद्यालय हस्तान्तरण

Rotary-wheel-1543761922.jpg


  १६मंसिर, हेटौँडा । मकवानपुरको  दुई स्थानमा रोटरीको पहल तथा विदेशी स्थानले आर्थिक  सहयोगमा निमार्ण गरेको दुईवटा सामुदायिक बिद्यालयको भवन आइतबार बिद्यालयलाई हस्तान्तरण गरिएको छ । अष्ट्रेलियास्थित रोटरी क्लब अफ ताजमानिया, ताइवानस्थित रोटरी फाउण्डेशनको सहयोग तथा रोटरी क्लब अफ हेटौंडाको सहकार्यमा निर्माण गरिएको मकवानपुरको  राक्सिराङ गाउँपालिका स्थित सरिखेत पलासेमा रहेको सुर्योदय माध्यामिक बिद्यालय र हेटौंडा ११ नवलपुरमा रहेको सरस्वती आधारभुत बिद्यालयको भवन आईतबार एक कार्यक्रमका बीच बिद्यालयलाई हस्तान्तरण गरिएको हो । 
सरिखेत पलासेमा रहेको सुर्योदय माबिमा १८ लाखको लागतमा ३ कोठे भान्छाकोठा  सहितको भवन र त्यस्तै हेटौंडा ११ नवलपुरमा रहेको सरस्वती आधारभुत विद्यालय परिसरमा अष्ट्रेलियामा रहेका रोटरी क्लबहरुको आर्थिक सहयोगमा छब्बीस लाख ५०हजार लागतमा निर्माण भएको २ कोठे विद्यालय भवन र अपाङ्गमैत्री लैंगिक शौचालय बिद्यालयलाई हस्तान्तरण गरिएको हो  । 
रोटरी इन्टरनेशनका पूर्व डिष्ट्रिक्ट गभर्नर जेम्स विलकक्सको प्रमुख अतिथ्यतामा तथा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलको सभाध्यक्षतामा भएको   कार्यक्रममा अष्ट्रेलिया र ताईवानबाट आएका रोटरी क्लबका प्रतिनिधि, रोटरी क्लब अफ हेटौंडाका पदाधिकारी तथा सदस्यहरु, जिल्ला शिक्षा समन्व्य इकाई कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरे, विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरु प्रधानध्यापक, शिक्षक, अभिभावक, स्थानिय र विद्यार्थीहरुको सहभागिता रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार