Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

अम्बासगढि विकास लागि बकैयाको २५ लाख बजेट

Ambas-Gadi1-1543823587.jpg

१७ मंसिर, हेटौँडा । बकैयाको पर्यटकीय स्थल अम्बासगढिको पूर्वाधार विकासका लागि बकैया गाउँपालिकाले चालु आर्थिक बर्षमा २५ लाख रुपैँया बजेट विनियोजन गरेको छ । बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा रहेको पुरातात्विक महत्वको पर्यटकीय क्षेत्र अम्बासगढिको विकास र प्रवद्र्धनका लागि चालु आर्थिक बर्ष ०७५/७६ मा गाउँपालिकाले २५ लाख रुपैँया खर्च गर्ने भएको हो ।

विनियोजित बजेटबाट अम्बासगढिको पर्यटकीय विकासका लागि गुरुयोजना र पूर्वाधार निर्माण गरिने गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए । ‘धेरैलाई यो गढिको बारेमा जानकारी नभएकाले यसको प्रचारप्रसार र पूर्वाधार विकासको खाँचो देखेका छौं’–उनले भने–‘चालु आर्थिक बर्षमा गुरुयोजना र पूर्वाधार विकासमा जोड दिनेछौं ।’  मकवानपुरमा रहेको मकवानपुरगढी र चिसापानी गढिको मात्रै चर्चा भएको र अम्बासगढी भने ओझेलमा परेको स्थानीयको भनाई छ । यसको प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय सिमोन आलेमगरले बताए । ‘पहिला त गाउँलेहरुले मात्रै चासो लिएका थियौं तर अहिले गाउँपालिकाले नै चासो लिएर बजेट विनियोजन गरेकाले यसको विकास हुनेमा हामी विश्वस्त छौं ।’–उनले भने । 

बकैया गाउँपालिकाको हात्तिसुँडेबाट १५ किलोमिटर उत्तरमा ठिंगन र ललितपुरको नजिक रहेको अम्बासगढी मकवानपुर र काठमाडौं उपत्यकाका पर्यटकका लागि उपयुक्त गन्तव्य हुन सक्ने स्थानीयको भनाई छ । त्यहाँ रहेको बकैया ठाकुर मन्दिर र कालेश्वर मन्दिरमा बर्षेनी जात्रा लाग्ने गरेको छ । धार्मिक एवं पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण देखिएकाले अम्बास गढि र यस क्षेत्रको पूर्वाधार विकासमा बजेट विनियोजन भएको बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज सापकोटाले जानकारी दिए । ‘विगतमा ओझेलमा पर्दा यसको विकासमा चासो नरहेको देखेपछि गाउँपालिकाले बजेट विनियोजन गरेर प्रवद्र्धनको काम थालेको छ ।’–उनले भने ।

यो क्षेत्रको विकासका लागि निरन्तर बजेट विनियोजन गरी यसलाई मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । स्थानीयले पनि गढि क्षेत्रको सरसफाई र भएका संरचना संरक्षणको काम थालेका छन् । स्थानीय सरकार मात्रै नभई प्रदेश र संघीय सरकारले यसको विकासमा चासो दिनुपर्ने स्थानीयको माग छ ।

Ambas-Gadi2-1543823670.jpg
Ambas-Gadi3-1543823670.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार