१७ मंसिर, हेटौँडा । बकैयाको पर्यटकीय स्थल अम्बासगढिको पूर्वाधार विकासका लागि बकैया गाउँपालिकाले चालु आर्थिक बर्षमा २५ लाख रुपैँया बजेट विनियोजन गरेको छ । बकैया गाउँपालिका वडा नम्बर १० मन्थलीमा रहेको पुरातात्विक महत्वको पर्यटकीय क्षेत्र अम्बासगढिको विकास र प्रवद्र्धनका लागि चालु आर्थिक बर्ष ०७५/७६ मा गाउँपालिकाले २५ लाख रुपैँया खर्च गर्ने भएको हो ।
विनियोजित बजेटबाट अम्बासगढिको पर्यटकीय विकासका लागि गुरुयोजना र पूर्वाधार निर्माण गरिने गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए । ‘धेरैलाई यो गढिको बारेमा जानकारी नभएकाले यसको प्रचारप्रसार र पूर्वाधार विकासको खाँचो देखेका छौं’–उनले भने–‘चालु आर्थिक बर्षमा गुरुयोजना र पूर्वाधार विकासमा जोड दिनेछौं ।’ मकवानपुरमा रहेको मकवानपुरगढी र चिसापानी गढिको मात्रै चर्चा भएको र अम्बासगढी भने ओझेलमा परेको स्थानीयको भनाई छ । यसको प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके राम्रो पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीय सिमोन आलेमगरले बताए । ‘पहिला त गाउँलेहरुले मात्रै चासो लिएका थियौं तर अहिले गाउँपालिकाले नै चासो लिएर बजेट विनियोजन गरेकाले यसको विकास हुनेमा हामी विश्वस्त छौं ।’–उनले भने ।
बकैया गाउँपालिकाको हात्तिसुँडेबाट १५ किलोमिटर उत्तरमा ठिंगन र ललितपुरको नजिक रहेको अम्बासगढी मकवानपुर र काठमाडौं उपत्यकाका पर्यटकका लागि उपयुक्त गन्तव्य हुन सक्ने स्थानीयको भनाई छ । त्यहाँ रहेको बकैया ठाकुर मन्दिर र कालेश्वर मन्दिरमा बर्षेनी जात्रा लाग्ने गरेको छ । धार्मिक एवं पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण देखिएकाले अम्बास गढि र यस क्षेत्रको पूर्वाधार विकासमा बजेट विनियोजन भएको बकैया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज सापकोटाले जानकारी दिए । ‘विगतमा ओझेलमा पर्दा यसको विकासमा चासो नरहेको देखेपछि गाउँपालिकाले बजेट विनियोजन गरेर प्रवद्र्धनको काम थालेको छ ।’–उनले भने ।
यो क्षेत्रको विकासका लागि निरन्तर बजेट विनियोजन गरी यसलाई मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । स्थानीयले पनि गढि क्षेत्रको सरसफाई र भएका संरचना संरक्षणको काम थालेका छन् । स्थानीय सरकार मात्रै नभई प्रदेश र संघीय सरकारले यसको विकासमा चासो दिनुपर्ने स्थानीयको माग छ ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


















