Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

धर्म परिवर्तन गराउने संस्थाबाट प्रधानमन्त्रीले पुरस्कार लिनु गलत : कमल थापा

IMG_1634-1543916962.JPG

१८ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले सरकारको गलत कार्यशैलीका कारण नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको बताएका छन् ।
राष्ट्रिय प्रजतान्त्र पार्टीले मंगलबार हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष थापाले सरकारको वर्तमान कार्यशैली गलत भएको र यसले देशलाई असफल राष्ट्र बन्नेतर्फ धकेलिरहेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको बताए । धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री नै धर्म परिवर्तन गराउने संस्थाको कार्यक्रममा संलग्न भई पुरस्कार लिनु आपत्तिजनक भएको उनको भनाई थियो । यस्तो कार्यले राष्ट्रिय पहिचान र नेपालीको सम्मानमा ठेस पुगेको थापाले बताए ।
उनले राप्रपा प्राविधिक कारणले चुनावमा हारेपनि पार्टीको विचार दिनप्रतिदिन स्थापित हुँदै गएको दावि गरे । पशुपति सम्शेर राणा र प्रकाशचन्द्र लोहनी पार्टी एकिकरणको बाधक रहेको भन्दै उनले अब आफु एकिकरणका लागि कुरेर नबसी अभियानमा अघि बढ्ने बताए । उनले अब राप्रपाले हिन्दु राष्ट्रका लागि देशभर आन्दोलन थाल्ने भएकाले तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।
कार्यक्रममा राप्रपाका सहायक महामन्त्री राजाराम वर्तौला, जिल्ला उपाध्यक्ष शिवराम थापा, सचिव केदार चौलागाई, १ नम्बर क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, हेटौँडा नगर अध्यष गुरुप्रसाद सापकोटा, जिल्ला नेतृ इन्दिरा न्यौपाने, गढि अध्यक्ष कृष्ण विडारी, राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका शुक्र प्रजा लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पार्टीका २ जना ज्येष्ठ कार्यकर्तालाई सम्मान गरिएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष मधु अधिकारीको सभाध्यक्षतामा भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार