Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

  अबैध रुपमा लगाईएको गाँजा र अफिम नष्ट गर्दै मकवानपुर प्रहरी

gajga-kheti-1544020867.jpg

तस्विरः जिप्रका मकवानपुर

१९मंसिर, हेटौँडा । मकवानपुर जिल्लाको विभिन्न स्थानमा लगाइएको अबैध लागु औषध गाँजा तथा अफिम खेती नियंत्रण तथा फडानी कार्यमा मकवानपुर प्रहरी सक्रियता देखाएको छ ।

जिल्लाको राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउपालिकाको बिभिन्न स्थानहरूमा भौगोलिक बिकटताको गलत फाईदा उठाउदै अबधै रुपमा लगाइएको गाँजा तथा अफिम खेती नियंत्रण,फडानी र नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्यस कार्यका लागि योजनाबद्ध रुपले प्रहरी टोली परिचालन गरि सक्रिया देखाएको हो । मकवानपुर प्रहरीले आर्थिक बर्ष २०७५।०७६ मा कुल २२१ बिगाह ४ कट्ठामा लगाइएको गाँजा तथा १०७ बिगाह क्षेत्रफलमा लगाईएको अफिम खेती नष्ट गर्ने लक्ष्य राखी ३ चरणको कार्ययोजना तयार गरि अबधै रुपमा लगाइएको गाँजा तथा अफिम खेती नियंत्रण,फडानी र नष्ट गर्न अभियाननै चलाएको हो ।  
पहरीले  पहिलो चरण अन्तर्गत असोज १८  गते देखी २४ गते सम्म जिल्लाको बिभिन्न प्रभाबित क्षेत्रहरुमा कुल १०९ जना प्रहरी कर्मचारी खटिई २८ बिगाह १० कट्ठा गाँजा र ८ बिगाह अफिम खेती नष्ट गरेको थियो । त्यसैगरी दोस्रो चरण अन्तर्गत  मंसिर १० गते देखि १५ गते सम्म कुल  ३६० जना प्रहरी टोली खटाई  ९९ बिगाह ७ कट्ठा गाँजा र १३ बिगाह अफिम खेती नस्ट गरेको छ ।  
त्यसैगरी केहि दिनमै तेस्रो चरणसम्ममा बाँकी रहेको ९३ बिगाह ६ कट्ठा गाँजा र ८६ बिगाह अफिम खेती नष्ट गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले  जानकारी दिएका छन । साथै निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थापाले उक्त स्थानमा प्रहरीले गाँजा तथा अफिम फडानिको साथसाथै स्थानिय जनसमुदायमा लागु औषधको उत्पादन, बेचबिखन र दुर्व्यशनी बिरुद्ध पर्चा पम्पलेट बितरण गरी जनचेतनामुलक कार्यक्रमहरु समेत सन्चालन गर्ने गरेको  बताए । 
 

ganja-1544020868.jpg

तस्विरः जिप्रका मकवानपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार