Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

  अबैध रुपमा लगाईएको गाँजा र अफिम नष्ट गर्दै मकवानपुर प्रहरी

gajga-kheti-1544020867.jpg

तस्विरः जिप्रका मकवानपुर

१९मंसिर, हेटौँडा । मकवानपुर जिल्लाको विभिन्न स्थानमा लगाइएको अबैध लागु औषध गाँजा तथा अफिम खेती नियंत्रण तथा फडानी कार्यमा मकवानपुर प्रहरी सक्रियता देखाएको छ ।

जिल्लाको राक्सिराङ, कैलाश, मनहरी र बकैया गाउपालिकाको बिभिन्न स्थानहरूमा भौगोलिक बिकटताको गलत फाईदा उठाउदै अबधै रुपमा लगाइएको गाँजा तथा अफिम खेती नियंत्रण,फडानी र नष्ट गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले त्यस कार्यका लागि योजनाबद्ध रुपले प्रहरी टोली परिचालन गरि सक्रिया देखाएको हो । मकवानपुर प्रहरीले आर्थिक बर्ष २०७५।०७६ मा कुल २२१ बिगाह ४ कट्ठामा लगाइएको गाँजा तथा १०७ बिगाह क्षेत्रफलमा लगाईएको अफिम खेती नष्ट गर्ने लक्ष्य राखी ३ चरणको कार्ययोजना तयार गरि अबधै रुपमा लगाइएको गाँजा तथा अफिम खेती नियंत्रण,फडानी र नष्ट गर्न अभियाननै चलाएको हो ।  
पहरीले  पहिलो चरण अन्तर्गत असोज १८  गते देखी २४ गते सम्म जिल्लाको बिभिन्न प्रभाबित क्षेत्रहरुमा कुल १०९ जना प्रहरी कर्मचारी खटिई २८ बिगाह १० कट्ठा गाँजा र ८ बिगाह अफिम खेती नष्ट गरेको थियो । त्यसैगरी दोस्रो चरण अन्तर्गत  मंसिर १० गते देखि १५ गते सम्म कुल  ३६० जना प्रहरी टोली खटाई  ९९ बिगाह ७ कट्ठा गाँजा र १३ बिगाह अफिम खेती नस्ट गरेको छ ।  
त्यसैगरी केहि दिनमै तेस्रो चरणसम्ममा बाँकी रहेको ९३ बिगाह ६ कट्ठा गाँजा र ८६ बिगाह अफिम खेती नष्ट गर्ने योजना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक मधुकुमार थापाले  जानकारी दिएका छन । साथै निम्ति प्रहरी प्रवक्ता प्रहरी निरीक्षक थापाले उक्त स्थानमा प्रहरीले गाँजा तथा अफिम फडानिको साथसाथै स्थानिय जनसमुदायमा लागु औषधको उत्पादन, बेचबिखन र दुर्व्यशनी बिरुद्ध पर्चा पम्पलेट बितरण गरी जनचेतनामुलक कार्यक्रमहरु समेत सन्चालन गर्ने गरेको  बताए । 
 

ganja-1544020868.jpg

तस्विरः जिप्रका मकवानपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार