२३ मंसिर, काठमाडौं । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन ९एनइए०को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता बढाएका छन् ।
मतदाता बिचमा आफुलाई मत माग्दै उनीहरुले आफुले गरेका कामका आधारहरु प्रस्तुत गरेका छन् । अहिलेसम्म बनेका ३१ मध्ये २९ वटा कार्यसमितिको नेतृत्व लोकतान्त्रिक समुहले गरिसकेको छ ।
इन्जिनियरको पेशागत हक, हित र क्षमता अभिवृद्धिमा आफुहरुले स्थापनाकालदेखिनै योगदान गरेकाले यसपटक पनि लोकतान्त्रिक प्यानललाई नै इन्जिनियरहरुले मत दिनेमा लोकतान्त्रिक प्यानल विश्वस्त देखिन्छ । एनइएको अहिलेको कार्यकारिणी समितिमा अध्यक्ष लोकतान्त्रिक प्यानलबाटै निर्वाचित भएका हरेराम श्रेष्ठ छन् । उनले मंसिर २८ गते हुने ३२ औं केन्द्रिय कार्यकारिणी र प्रदेश कार्यकारिणी समितिको निर्वाचनको तयारी पुरा भइसकेको बताए ।
किन मत ?
लोकतान्त्रिक प्यानलले आफुले एनइएमा नेतृत्व गर्दा भएका मुख्य १६ बुँदे उपलब्धी उल्लेख गर्दै घोषणा पत्र जारी गरेको छ । जसमा उसले आफ्नो समुहलाई किन मत दिने भन्ने आधारहरु प्रस्तुत गरेको छ । “इन्जिनियर्स स्टाफ कलेज स्थापनाको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरि नीतिगत निर्णयका लागि कार्यदल गठन गराउन सक्षम भएको छ ” घोषणापत्रमा उपलब्धीका रुपमा लोकतान्त्रिक प्यानलले भनेको छ, “ त्यस्तै नयाँ तथा युवा इन्जिनियरहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउन ‘विजनेश इन्कुबेसन सेन्टर’ मार्फत काम भइरहेको छ ।”
लोकतान्त्रिक प्यानलबाट आफु निर्वाचित भएको बताउँदै एनइएका वर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा लोकतान्त्रिक समुहको साख बढ्ने गरि काम भएको दाबी गरे । विपक्षीहरुले एनइएमा काउन्सिलमा भन्दा कम सदस्य भएको भनेर हल्ला फिँजाइरहेपनि त्यसमा कुनै तुक नभएको उनले बताए । “हाम्रै नेतृत्वमा एसोसिएशनको विधान संघीय ढाँचामा लगेको छ । पहिला केन्द्रमा १५ जनाका लागि मात्र निर्वाचन हुन्थ्यो । यसपटक अहिले केन्द्रमा २५ र प्रदेशमा १५ गरि ७ प्रदेशबाट १ सय ३० जना प्रत्यक्ष निर्वाचित हुँदैछन् । यसले एनइएमा इन्जिनियरहरुको आकर्षण बढाउनेछ” अध्यक्ष श्रेष्ठले भने,“ इन्जिनियरहरुको हकहित र क्षमता अभिवृद्धिका लागि १ करोड १० लाखको ५ वटा कोष स्थापना हाम्रै कार्यकालमा भएको छ ।”
एनइएका ३१औं कार्यकारिणी समितिका सदस्य सरोज धितालले लोकतान्त्रिक प्यानलको संघर्षका कारण धेरै उपलब्धी भएको बताए । “ नेपाल इन्जिनियर्स एसोसिएशनको सदस्यता अनलाइन प्रणालीबाटै लिने गरि सहज व्यवस्था हाम्रै नेतृत्वमा भएको छ,” उनले भने, “स्थानीय तहमा आइटी अफिसरको माग हुँदा त्रिभुवन विश्वविद्यालयबाट मात्र उत्तिर्ण इन्जिनियरहरुलाई अवसर दिने निर्णयका विरुद्ध एनइए उभिएपछि पोखरा,पूर्वाञ्चल,काठमाडौं विश्वविद्यालय लगायतका राष्ट्रिय,अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट उत्तीर्ण इन्जिनियरहरुले अवसर प्राप्त गरेका थिए । ”
त्यसैगरि आइटी अफिसरका लागि इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स विषयका इन्जिनियरहरुलाई अवसरबाट बञ्चित गरेपछि पुनः एनइएकै अग्रसरतामा विरोध भएपछि सो विषयका इन्जिनियरहरुलाई अवसर दिइएको पनि उनले बताए । हाल सोही आन्दोलनको उपलब्धिका कारण ३ सय भन्दा बढी इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरहरुले रोजगारी पाएका छन् ।
७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछिको पुननिर्माणमा खटिएका १३ सय भन्दा बढी इन्जिनियरहरुको सेवा सुविधा वृद्धि र उनीहरुको आन्दोलनमा एनइएले ऐक्यवद्धता जनाएपछि सरकार दबाबमा परेको थियो । ‘नेपाल भ्यालुएर्स एसोसिएशन’को आन्दोलनमा समेत ऐक्यवद्धता जनाउँदै विना कारण पक्राउ गरि थुनामा राखिएका इन्जिनियरलाई रिहा गराउन पनि एनइएले भूमिका खेलेको थियो ।
एनइएले लोकसेवा आयोगसँग समेत सहजीकरण गरि भर्खरै अध्ययन सकाएका इन्जिनियरहरुलाई परिक्षामा संलग्न हुने वातावरण बनाउन समन्वय गरेको थियो । “हामीले इन्जिनियरका हकअधिकार र अवसर दिलाउने कुरामा पनि भूमिका निर्वाह गरेका छौं,” एनइएका महासचिव इन्जिनियर उमेश थानीले भने, “सरकारले इन्जिनियरमाथी पूर्वाग्रह साँध्दा दबाबमूलक आन्दोलन होस् वा अवसर दिलाउने कुरामा हामीले कतै सम्झौता गरेका छैंनौं । त्यसकारण पनि इन्जिनियहरले लोकतान्त्रिक प्यानललाई विजयी गराउनेमा हामी विश्वस्त छौं ।”
लोकतान्त्रिक प्यानलबाट ३२ औं कार्यकारिणी समितिका लागि प्राध्यापक इन्जिनियर हिरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको छ ।
साभार : हाम्राकुरा डट कम
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
३१ जेठ, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमणका लागि आज जाँदैछन् ...
१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...
१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...
१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...
२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...
२५ जेठ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले हो । छापावाल सुनको मूल्य...
१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...
२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...
२५ जेठ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्यसमितिको पूर्वनिर्धारित बैठक सारिएको छ...
२६ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग...


-1780-1781487498.jpg)





-1780-1781400375.jpg)



-1780448267.jpg)




