२३ मंसिर, काठमाडौं । इन्जिनियरहरुको छाता संगठन नेपाल इन्जिनियर्स एसोसिएशन ९एनइए०को निर्वाचन नजिकिँदै जाँदा लोकतान्त्रिक र प्रगतिशिल समुहले सक्रियता बढाएका छन् ।
मतदाता बिचमा आफुलाई मत माग्दै उनीहरुले आफुले गरेका कामका आधारहरु प्रस्तुत गरेका छन् । अहिलेसम्म बनेका ३१ मध्ये २९ वटा कार्यसमितिको नेतृत्व लोकतान्त्रिक समुहले गरिसकेको छ ।
इन्जिनियरको पेशागत हक, हित र क्षमता अभिवृद्धिमा आफुहरुले स्थापनाकालदेखिनै योगदान गरेकाले यसपटक पनि लोकतान्त्रिक प्यानललाई नै इन्जिनियरहरुले मत दिनेमा लोकतान्त्रिक प्यानल विश्वस्त देखिन्छ । एनइएको अहिलेको कार्यकारिणी समितिमा अध्यक्ष लोकतान्त्रिक प्यानलबाटै निर्वाचित भएका हरेराम श्रेष्ठ छन् । उनले मंसिर २८ गते हुने ३२ औं केन्द्रिय कार्यकारिणी र प्रदेश कार्यकारिणी समितिको निर्वाचनको तयारी पुरा भइसकेको बताए ।
किन मत ?
लोकतान्त्रिक प्यानलले आफुले एनइएमा नेतृत्व गर्दा भएका मुख्य १६ बुँदे उपलब्धी उल्लेख गर्दै घोषणा पत्र जारी गरेको छ । जसमा उसले आफ्नो समुहलाई किन मत दिने भन्ने आधारहरु प्रस्तुत गरेको छ । “इन्जिनियर्स स्टाफ कलेज स्थापनाको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरि नीतिगत निर्णयका लागि कार्यदल गठन गराउन सक्षम भएको छ ” घोषणापत्रमा उपलब्धीका रुपमा लोकतान्त्रिक प्यानलले भनेको छ, “ त्यस्तै नयाँ तथा युवा इन्जिनियरहरुलाई उद्यमशिल र आत्मनिर्भर बनाउन ‘विजनेश इन्कुबेसन सेन्टर’ मार्फत काम भइरहेको छ ।”
लोकतान्त्रिक प्यानलबाट आफु निर्वाचित भएको बताउँदै एनइएका वर्तमान अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा लोकतान्त्रिक समुहको साख बढ्ने गरि काम भएको दाबी गरे । विपक्षीहरुले एनइएमा काउन्सिलमा भन्दा कम सदस्य भएको भनेर हल्ला फिँजाइरहेपनि त्यसमा कुनै तुक नभएको उनले बताए । “हाम्रै नेतृत्वमा एसोसिएशनको विधान संघीय ढाँचामा लगेको छ । पहिला केन्द्रमा १५ जनाका लागि मात्र निर्वाचन हुन्थ्यो । यसपटक अहिले केन्द्रमा २५ र प्रदेशमा १५ गरि ७ प्रदेशबाट १ सय ३० जना प्रत्यक्ष निर्वाचित हुँदैछन् । यसले एनइएमा इन्जिनियरहरुको आकर्षण बढाउनेछ” अध्यक्ष श्रेष्ठले भने,“ इन्जिनियरहरुको हकहित र क्षमता अभिवृद्धिका लागि १ करोड १० लाखको ५ वटा कोष स्थापना हाम्रै कार्यकालमा भएको छ ।”
एनइएका ३१औं कार्यकारिणी समितिका सदस्य सरोज धितालले लोकतान्त्रिक प्यानलको संघर्षका कारण धेरै उपलब्धी भएको बताए । “ नेपाल इन्जिनियर्स एसोसिएशनको सदस्यता अनलाइन प्रणालीबाटै लिने गरि सहज व्यवस्था हाम्रै नेतृत्वमा भएको छ,” उनले भने, “स्थानीय तहमा आइटी अफिसरको माग हुँदा त्रिभुवन विश्वविद्यालयबाट मात्र उत्तिर्ण इन्जिनियरहरुलाई अवसर दिने निर्णयका विरुद्ध एनइए उभिएपछि पोखरा,पूर्वाञ्चल,काठमाडौं विश्वविद्यालय लगायतका राष्ट्रिय,अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट उत्तीर्ण इन्जिनियरहरुले अवसर प्राप्त गरेका थिए । ”
त्यसैगरि आइटी अफिसरका लागि इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन्स विषयका इन्जिनियरहरुलाई अवसरबाट बञ्चित गरेपछि पुनः एनइएकै अग्रसरतामा विरोध भएपछि सो विषयका इन्जिनियरहरुलाई अवसर दिइएको पनि उनले बताए । हाल सोही आन्दोलनको उपलब्धिका कारण ३ सय भन्दा बढी इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरहरुले रोजगारी पाएका छन् ।
७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पपछिको पुननिर्माणमा खटिएका १३ सय भन्दा बढी इन्जिनियरहरुको सेवा सुविधा वृद्धि र उनीहरुको आन्दोलनमा एनइएले ऐक्यवद्धता जनाएपछि सरकार दबाबमा परेको थियो । ‘नेपाल भ्यालुएर्स एसोसिएशन’को आन्दोलनमा समेत ऐक्यवद्धता जनाउँदै विना कारण पक्राउ गरि थुनामा राखिएका इन्जिनियरलाई रिहा गराउन पनि एनइएले भूमिका खेलेको थियो ।
एनइएले लोकसेवा आयोगसँग समेत सहजीकरण गरि भर्खरै अध्ययन सकाएका इन्जिनियरहरुलाई परिक्षामा संलग्न हुने वातावरण बनाउन समन्वय गरेको थियो । “हामीले इन्जिनियरका हकअधिकार र अवसर दिलाउने कुरामा पनि भूमिका निर्वाह गरेका छौं,” एनइएका महासचिव इन्जिनियर उमेश थानीले भने, “सरकारले इन्जिनियरमाथी पूर्वाग्रह साँध्दा दबाबमूलक आन्दोलन होस् वा अवसर दिलाउने कुरामा हामीले कतै सम्झौता गरेका छैंनौं । त्यसकारण पनि इन्जिनियहरले लोकतान्त्रिक प्यानललाई विजयी गराउनेमा हामी विश्वस्त छौं ।”
लोकतान्त्रिक प्यानलबाट ३२ औं कार्यकारिणी समितिका लागि प्राध्यापक इन्जिनियर हिरेन्द्रमान प्रधानको नेतृत्वमा प्यानल घोषणा भएको छ ।
साभार : हाम्राकुरा डट कम
११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...
११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...
११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...
११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...









-nepal-1792111426.jpg)







