२४ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले केपि ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भईसकेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण एवं सम्मेलनको सोमबार हेटौँडामा उद्घाटन गर्दै राप्रपा अध्यक्ष थापाले सरकार आप्mनो काममा पूर्ण रुपमा असफल भएको बताएका हुन् । उनले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको बताए । न्यायपालिका, संवैधानिक अंग, शैक्षिक क्षेत्र पार्टीकरणको चपेटामा परेकोले अहिले सरकारको काम प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।
उनले तराईमा अलग मधेश राज्यको माग गर्दै देश टुक्र्याउने आवाज उठाउँदा समेत सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारको गलत कार्यशैलीका कारण राष्ट्र विखण्डन र धार्मिक द्वन्दको खतरा बढेको दावि गरे । कार्यक्रममा पार्टीका बरिष्ठ केन्द्रीय सदस्य रोशन कार्की, तोरणबहादुर गुरुङ, प्रवक्ता भुवन पाठक, सहायक महामन्त्री राजाराम वर्तौला, आदिवासी जनजाति विभाग प्रमुख राजेश लामा, प्रदेश ३ का उपाध्यक्ष निना भेटवाल, मधु अधिकारी, काठमाडौं सभापति नवराज सिम्खडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पार्टीको प्रदेशका जिल्ला, महानगर, नगर र गाउँपालिकाका नेतृत्वको सहभागिता रहेको २ दिने सम्मेलनमा पार्टीको भावी रणनीति, संगठन परिचालन लगायतको बारेमा छलफल हुने जनाईएको छ ।
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...
१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

















