२४ मंसिर, हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले केपि ओली नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भईसकेको बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ३ नम्बर प्रदेशस्तरीय प्रशिक्षण एवं सम्मेलनको सोमबार हेटौँडामा उद्घाटन गर्दै राप्रपा अध्यक्ष थापाले सरकार आप्mनो काममा पूर्ण रुपमा असफल भएको बताएका हुन् । उनले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको बताए । न्यायपालिका, संवैधानिक अंग, शैक्षिक क्षेत्र पार्टीकरणको चपेटामा परेकोले अहिले सरकारको काम प्रभावकारी हुन नसकेको उनको भनाई थियो ।
उनले तराईमा अलग मधेश राज्यको माग गर्दै देश टुक्र्याउने आवाज उठाउँदा समेत सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै सरकारको आलोचना गरे । उनले सरकारको गलत कार्यशैलीका कारण राष्ट्र विखण्डन र धार्मिक द्वन्दको खतरा बढेको दावि गरे । कार्यक्रममा पार्टीका बरिष्ठ केन्द्रीय सदस्य रोशन कार्की, तोरणबहादुर गुरुङ, प्रवक्ता भुवन पाठक, सहायक महामन्त्री राजाराम वर्तौला, आदिवासी जनजाति विभाग प्रमुख राजेश लामा, प्रदेश ३ का उपाध्यक्ष निना भेटवाल, मधु अधिकारी, काठमाडौं सभापति नवराज सिम्खडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
पार्टीको प्रदेशका जिल्ला, महानगर, नगर र गाउँपालिकाका नेतृत्वको सहभागिता रहेको २ दिने सम्मेलनमा पार्टीको भावी रणनीति, संगठन परिचालन लगायतको बारेमा छलफल हुने जनाईएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

















