२४ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबारका खेलहरुसँगै सातौ चराणका खेलहरु सकिएका छन् ।
सातौं चरणको समाप्तीसम्म २१ अंक जोडेको मनाङ मस्र्याङदी क्लब अंकतालिकाको शीर्ष स्थानमा छ । सोमबारको खेलमा मच्छिन्द्र क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङले शीर्ष स्थानको अग्रता फराकिलो पारेको छ ।
सोमबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा मनाङको जितका लागी अफिज ओलावालेले गरेको गोल निर्णायक बन्यो ।
यस अघि मनाङका अन्जन विष्टले प्रहार गरेको पेनाल्टीलाई मच्छिन्द्रका गोलरक्षक दीप कार्कीले उत्कृष्टा बचाउँ गरेका थिए । जितसँगै मनाङले लिगमा आफ्नो शतप्रतिशत विजयी यात्रालाई निरन्तरता दिएको छ ।
यस्तै लिगअन्तर्गत् सोमबार भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई १–० ले हरायो । खेलामा आर्मीलाई विजयी गराउन टंक बस्नेतले गरेको एकमात्र गोल निर्णायक बन्यो ।
यी खेलहरुपछि सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौं चरणका खेलहरु सकिएका छन् ।
सातौं चरणको समाप्तीसम्म २१ अंक जोडेको मनाङ अंकतालिकाको शीर्ष स्थानमा छ । १८ अंकका साथ थ्रीस्टार क्लब र संकटा क्लब क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहँदा चौथो स्थानको त्रिभुवन आर्मी क्लबको १७ अंक छ । नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले ११/११ अंक जोडेका छन् ।
प्रतियोगिताअन्तर्गत् आठौं चरणका खेलहरु बिहीबारदेखि हुनेछन् ।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















