Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

सहिद स्मारक ’ए’ डिभिजन लिगः हिमालयनलाई हराउँदै संकटा दोश्रो स्थानमा उक्लियो

A-division_BWmphyP5mE-154-1544706210.jpg

२७ मंसिर, हेटौँडा । काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत विहिकार ३ खेल सम्पन्न भएका छन् । विहिबारको खेलमा संकटा क्लब, सरस्वती युथ क्लब र जावलाखेल विजयी भए । 
विहिबार संकटा र हिमालयन शेर्पा क्लब विच भएको खेलमा संकटा विजयी भएको छ । यो जितसँगै संकटा लिगको दोश्रो स्थानमा उक्लिएको छ । संकटाले हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो  । 
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटालाई जित दिलाउन विदेशी खेलाडी सेड्रिक अबा र दिपेश आले मगरले एक एक गोल गरे ।
जितसंगै संकटाले ८ खेलबाट २१ अंक जोडेको छ । सातौं जित निकालेसंगै संकटाले शीर्ष स्थानको मनाङ मर्स्याङ्दीसंग अंक बराबरी गरेको छ । हिमालयन शेर्पा ८ खेलबाट ११ अंक जोडेर छैटौं स्थानमा छ । 
यस्तै विहिबारनै भएको भएको अर्को खेलमा सरस्वती युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा तेस्रो जित दर्ता गरेको छ । बिहिबार भएको खेलमा सरस्वतीले  न्युरोड टिम एनआरटीलाई १ – ० गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खलमा सरस्वतीलाई जित दिलाउन भिक्टोर एमओबीले पेनाल्टीमा निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा भिक्टोरले ७३ औं मिनेटमा गोल गर्दै सरस्वतीलाई ३ अंक दिलाएका हुन् ।
जितसंगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ । सरस्वती लिगको नवौं स्थानमा छ भने ८ खेलमा १ अंक जोडेको एनआरटी लिगको पुछारमा छ । 
यसैगरी हल्चोकस्थित एपीएफ मैदानमा बिहिबार नै भएको खेलमा भने जावलाखेलले एपीएफलाई १ – ० गोल अन्तरले पराजित गरेको छ । हल्चोकस्थित एपीएफ मैदानमा जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी ओलालेकन आफिज लावलले निर्णायक गोल गरे । 
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा लावलले फ्रिकिकबाट गोल गर्दै जावलाखेललाई जित दिलाएका हुन्  । 
जितसंगै जावलाखेलले ८ खेलबाट ७ अंक जोडेको छ ।  जावलाखेल लिगको दशौ स्थानमा उक्लिएको छ ।  एपीएफ ८ खेलबाट १० अंक जोडेर आठौं स्थानमा छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

थप समाचार