Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

नबोदय शिशु सदनमा खेलकुद प्रतियोगिता सम्पन्न

bora-1544795750.jpg

२८ मंसिर, हेटौँडा । हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अंग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । हेटौँडाको क्याम्पा चौरमा भएको डोरी तान्ने खेलमा छात्रातर्फको फाइनल खेलमा कञ्चनजङघा सदनलाई पराजित गर्दै सगरमाथा सदन विजयी बन्न सफल भयो । 

यसैगरी छात्रतर्फ अन्नपूर्ण सदन प्रथम हुदाँ धौलागिरी सदन द्वितीय स्थान हुन सफल भयो । शुक्रबार भएको स्लो साइकल रेस प्रतियोगितामा कञ्चनजङ्घा सदनका अजय बस्नेत प्रथम, धौलागिरीका सुभम खड्का द्वितीय र प्रशान्त ठाकुर तृतीय भएका थिए । मंसिर २२ गतेबाट शुरु भएको प्रतियोगितामा जुनियर र सिनियर कक्षा छुट्याएर अन्तर सदनात्मक प्रतियोगिता भएको थियो । प्रतियोगिता अन्तर्गत टेबुलटेनिस, भलिबल, ब्याटमिन्टन, लुडो, चेस विद्यालयमै भएको थियो भने क्रिकेट हुप्राचौरमा र फुटबल, बोरादौड, स्लो बाइक रेस, स्पोन रेस, दौडलगायतको प्रतियोगिता क्याम्पा चौरमा भएको थियो ।

प्रतियोगितामा मदन भण्डारी स्पोर्टस् एकेडेमी शिक्षक संघ मकवानपुरका अध्यक्ष राजाराम पोखरेल र विनोद श्रेष्ठले रेफ्रीको भूमिका निर्वाह गरेका थिए । प्रतियोगितामा विजयी भएका विद्यार्थीहरुलाई विद्यालयले एक कार्यक्रमकाबीच पुरस्कार प्रदान गरिने विद्यालयका प्रशासन प्रमुख सुरज बस्नेतले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

जापानी विदेशमन्त्रीद्वारा दरबार स्क्वायर भ्रमण
Screenshot_20240505_15131-1714901633.jpg

२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...

नुहाउने क्रममा डुबेर दुई जनाको मृत्यु
5f19617119fb9_dubeko-1714875013.jpg

२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...

आईपिएलमा बैंग्लोरुद्वारा गुजरात पराजित
1714844855-5868-1714874144.jpg

२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714872576.jpg

२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

जापानी विदेशमन्त्री योको नेपाल आउँदै
Capture-1714871318.JPG

२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...

थप समाचार