१ पुस, हेटौँडा । मकवानपुर प्रहरीले घरायसी विवादका कारण श्रीमति र छोरीको हत्या गरेर फाल्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको टोलीको १२ दिनको अनुसन्धान पछि श्रीमति र छोरीको हत्या गरेर फाल्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रामगढवाग्राम पंचायत बेलहिया गाउँ–८ घर भै हेटौंडा–५ मा डेरा गरी बस्दै आएका २६ बर्षीय महम्द रमजान मियाँ दर्जी रहेका मकवानपुर प्रहरीले जनाएको छ । आइतबार मकवानपुर प्रहरीले पत्रकार भेटघाटको आयोजना गर्दै अभियुक्त मियाँ दर्जीलाई शार्वजनिक गरेको हो । प्रहरीले दर्जीले २५ वर्षकी श्रीमती लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई मुख थुनी घाटी थिची हत्या गरी राप्ती खोलामा फालेको अनुसन्धान बाट खुलेको जनाएको छ ।
मकवानपुर प्रहरीले मंसिर १८ गते बिहान हेटौँडा १९ स्थित राप्तीखोलामा करिब एक बर्षीया बालिकाको शव भेटिएपछि अनुसन्धान प्रक्रिया थालनी गरेको र यसै क्रममा बालिकाको लाश भेटिएको ५ दिनपछि अर्थात मंसिर २२ गते बालिकाको शव भेटेको स्थान भन्दा करिब ५०० मिटर तल एक महिलाको लाश भेटिएपछि अनुसन्धानलाई व्यापकता दिएको अनुसन्धानको नेतृत्व गरिरहेको प्रहरी निरीक्षक थापाले बताए । मृत महिलाको खल्तीमा भेटिएको डायरी र बच्चाको कपडाको आधारमा प्रहरीले अनुसन्धान गरी अभियुक्तको पहिचान गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए ।
प्रहरी उपरिक्षक गुरुङका अनुसार रामजान मिया दर्जीले आफ्ना भाई अरमान मिया दर्जीलाई समेत प्रयोगरी नेवारपानीमा लगेर मारेको स्वीकारेको गरेको बताए । हेटौँडा १९ नेवारपानीमा रहेको तारजाली बुन्ने कारखानामा काम गर्दै आएका रमजानले घरमा नबसी झै झगडा गरी माईतीमा बस्ने गरेको र अन्य परपुरुषसंग अनैतिक सम्बन्ध रहेको अशंका हत्या गरेर खोलामा फालिदिएको स्वीकार गरेको बताए । घटनामा संलग्न रमजानका भाई अरमान मियाँ फरार रहेको र खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका रामजान मियाँलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







