Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मकवानपुर प्रहरीको सफल्ता

राप्तीखोलामा श्रीमति र छोरीको हत्या गरेर फाल्ने रमजान मियाँ पक्राउ

48379981_329847711182603_-1544972087.jpg

१ पुस, हेटौँडा ।  मकवानपुर प्रहरीले घरायसी विवादका कारण श्रीमति र छोरीको हत्या गरेर फाल्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापा नेतृत्वको टोलीको १२ दिनको अनुसन्धान पछि श्रीमति र छोरीको हत्या गरेर फाल्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

 पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला थाना रामगढवाग्राम पंचायत बेलहिया गाउँ–८ घर भै हेटौंडा–५ मा डेरा गरी बस्दै आएका २६ बर्षीय महम्द रमजान मियाँ दर्जी रहेका मकवानपुर प्रहरीले जनाएको छ । आइतबार मकवानपुर प्रहरीले पत्रकार भेटघाटको आयोजना गर्दै अभियुक्त मियाँ दर्जीलाई शार्वजनिक गरेको हो । प्रहरीले दर्जीले २५ वर्षकी श्रीमती लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई मुख थुनी घाटी थिची हत्या गरी राप्ती खोलामा फालेको अनुसन्धान बाट खुलेको जनाएको छ । 
    
 मकवानपुर प्रहरीले  मंसिर १८ गते बिहान हेटौँडा १९ स्थित राप्तीखोलामा करिब एक  बर्षीया बालिकाको शव भेटिएपछि  अनुसन्धान प्रक्रिया थालनी गरेको र यसै क्रममा बालिकाको लाश भेटिएको ५ दिनपछि अर्थात मंसिर २२ गते बालिकाको शव भेटेको स्थान भन्दा करिब ५०० मिटर तल एक महिलाको लाश भेटिएपछि अनुसन्धानलाई व्यापकता दिएको अनुसन्धानको नेतृत्व गरिरहेको प्रहरी निरीक्षक थापाले बताए । मृत महिलाको खल्तीमा भेटिएको डायरी र बच्चाको कपडाको आधारमा प्रहरीले अनुसन्धान गरी अभियुक्तको पहिचान गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए ।
 प्रहरी उपरिक्षक गुरुङका अनुसार रामजान मिया दर्जीले आफ्ना भाई अरमान मिया दर्जीलाई समेत प्रयोगरी नेवारपानीमा लगेर मारेको स्वीकारेको गरेको बताए । हेटौँडा १९ नेवारपानीमा रहेको तारजाली बुन्ने  कारखानामा काम गर्दै आएका रमजानले  घरमा नबसी झै झगडा गरी माईतीमा बस्ने गरेको र अन्य परपुरुषसंग अनैतिक सम्बन्ध रहेको अशंका  हत्या गरेर खोलामा फालिदिएको स्वीकार गरेको बताए ।  घटनामा संलग्न रमजानका भाई अरमान मियाँ फरार रहेको  र खोजी कार्य भैरहेको  प्रहरीले जनाएको छ । 
 पक्राउ परेका रामजान मियाँलाई मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी यज्ञप्रसाद भट्टराईले जानकारी दिएका छन  ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार