६ पुस, काठमाडौं । नेपाली कांग्रेसमा १३ सदस्यीय पदाधिकारी राख्ने सहमति जुटेको छ । सहमहामन्त्री प्रकाशसरण महतका अनुसार सबै पदमा निर्वाचनबाट चयन हुने गरी पदाधिकारीमा सहमति भएको समाचार इकान्तिपुरमा छ ।
संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच पदाधिकारीको संख्या र निर्वाचन प्रणालीबारे सहमति हुन नसकेपछि कांग्रेसमा दूरी बढेको थियो । ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बसेको शीर्ष नेताहरुबीचको छलफलमा सभापति शेरबहादुर देउवाले १३ सदस्यीय पदाधिकारी राख्न प्रस्ताव गर्नुभएको नेता महतले जानकारी दिए । एकएक जना सभापति र कोषाध्यक्ष, २–२ जना उपसभापति र महामन्त्री तथा ७ जना सहमहामन्त्री बनाउने सभापति देउवाको प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले सहमति जनाउनु भएको नेता महतको दाबी छ ।
सबै पदमा निर्वाचन गर्न नेताहरु सहमत देखिएका छन् । यस्तै ७ जना सहमहामन्त्री समावेशी सिद्धान्तका आधारमा निर्वाचित हुनेछन् । यसअघि ८ जनाको पदाधिकारी बनाउने र त्यसमा एक एक जना उपसभापति र सहमहामन्त्री समावेशी बनाउने संस्थापन पक्षका केही नेताको प्रस्तावमाथि विवाद भएपछि सहमति जुट्न सकेको थिएन । विधानमाथि शीर्ष तहमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि नेपाली कांग्रेसले सहमतिको प्रयास सहित महासमिति बैठकलाई समेत निरन्तरता दिएको छ । बन्दसत्र छलेर शीर्ष नेताहरु कोठे बैठकमा केन्द्रित भएपछि रुष्ट बनेका महासमिति सदस्यहरुको माग सम्बोधनका लागि कांग्रेसले बन्दसत्रमा बाँकी प्रतिवेदन माथिको छलफललाई निरन्तरता दिएको हो ।
पार्टी कार्यालयमा केहीबेरअघि सुरु बैठकमा राजनीतिक, सांगठनिक, आर्थिक र लेखा परीक्षण प्रतिवेदनमाथि छलफल जारी हुने नेता रामकृष्ण यादवले जानकारी दिए । बन्दसत्रमा सदस्यहरुले प्रतिवेदनमाथि आफ्नो धारणा राख्ने छन् । बैठकमा सदस्यहरुले विधानको मस्यौदामा देखिएको असमझदारी महासमिति बैठकबाट हल गर्न सुझाव दिंदै आएका छन् । गत बुधबारसम्मका लागि बोलाईएको बैठक अनिश्चित समयसम्मका लागि लम्बिएको छ ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

















