७ पुष, हेटौँडा । काठमाडौँमा जारी शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारबाट सुरु भएको दशौँ चराणको खेलबाट न्युरोड टिम एनआरटी र मच्छिन्द्रले पहिलो जित निकालेका छन् ।
शुक्रबार भएको अर्को खेलमा न्युरोड टिम एनआरटीले ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्ने क्रममा जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
हल्चोकस्थित एपीएफ मैदानमा एनआरटीलाई जित दिलाउन इस्माइ यौबुए र सुशील लामाले एक एक गोल गरे । जवालाखेलका सुमन डंगोलले एक गोल फर्काए ।
जावलाखेलसंगको जितसंगै एनआरटीले १० खेलबाट ४ अंक जोडेको छ । एनआरटी अझै लिगको पुछारमा छ । पराजित जावलाखेलको ८ अंक छ । जावलाखेल दशौं स्थानमा छ ।
यस्तै शुक्रबारनै भएको अर्को खेलमा मछिन्द्र फुटबल क्लबले पनि पहिलो जित निकालेको छ । सरस्वती युथ क्लबलाई ४–२ गोल अन्तरले पराजित गर्दै मछिन्द्रले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मछिन्द्रलाई जित दिलाउन कप्तान विशाल राई, भसाडिया डियामान्डे, अनिल गुरुङ र विकास राईले एक एक गोल गरे ।
सरस्वतीका फ्रान्सिस ओन्यामाले एक गोल फर्काउदा एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो जितसंगै मछिन्द्रले १० खेलबाट ६ अंक जोड्दै ११ औं स्थानमा उक्लिएको छ । सरस्वतीले १० खेलबाट १० अंक जोडेको छ ।
यस्तै शुक्रबारकै अर्को खेलमा रहेको फ्रेन्ड्स क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ । फ्रेन्ड्सले १० खेलाडीमा सिमित हिमालयन शेर्पालाई २–१ गोल अन्तरले हराएको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा फ्रेन्ड्सलाई जित दिलाउन संजोक महर्जन र जीवन गुरुङले एक एक गोल गरे । हिमालयन शेर्पाका गोहा प्याट्रिकले एक गोल गरे ।
जितसंगै फ्रेन्ड्सले १० खेलबाट ८ अंक जोड्दै तालिकाको ११ औं स्थानमा उक्लिएको छ । पराजित हिमालयन १४ अंक जोडेर लिगको छैटौं स्थानमा छ ।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















