७ पुष, हेटौँडा । शुक्रबार दाङको तुलसीपुर उपमहानगपालिका ३ राम्रीमा भएको सडक दुर्घटनामा परी ज्यान गुमाउँनेको संख्या २२ पुगेको छ ।
सल्यानको कपुरकोटमा रहेको मूलपानी वनस्पति उद्यनको अवलोकन गरेर फर्कने क्रममा बस दुर्घटनमा परेको थियो । दुर्घटनामा परी १५ जना घाइते भएका छन् । घाइतेहरुको टाउको र खट्टामा गम्भीर चोट लागेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार घाइतेहरु मध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।
घाइतेलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति नै शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको छ । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।
दुर्घटनामा ज्यान गुमाउने मध्ये ५ जनाको पहिचान खुलेको छ । बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के.सी, शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षीय विजय जी एम रहेका छन् ।
ज्यान गुमाउने र घाइते भएका सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् ।
बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
बस सडकबाट झण्डै सात सय मिटर तल खसेको र बस टुक्राटुक्रा भएको छ । दुर्घटनाको कारण खुलिनसेको भए पनि प्रहरीले घुम्ती भएकाले अगाडिको दृश्य प्रष्ट नदेखिने हुँदा दुर्घटना भएको हुनसक्ने बताएको छ ।
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...














-1786686763.jpg)



