Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वडा अध्यक्ष बानियाँले गरे व्यक्तिगत खर्चमा ६० घरपरिवारको स्वास्थ्य विमा 

baniya-good-job-1545461382.jpg

७ पुष, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजेश वानियाँले आफनो व्यक्तिगत खर्चमा हेटौँडा ५ स्थित राईटोलका ६० घरपरिवारलाई निशुल्क स्वास्थ्य विमा गरिदिएका छन । 
स्थानिय निर्वाचनका समया बानियाँले आफु निर्वाचित भए सरकारका तर्फबाट पाउँने सरकारी तलव र भत्ता नलिने घोषणा गर्दै स्थानियको स्वास्थय शिक्षा जस्ता बृत्तिविकासमा खर्च गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बानियाँले सोही घोषणा अनुसारनै आफुले यस क्षेत्रका विपन्न परिवारका लागी स्वास्थ्य विमा गरेको बताए ।
काग्रेसबाट  वडा अध्यक्ष वानियाँल ६० परिवारको विमा गरे वापत १ लाख ५० हजार रुपैया व्यक्तिगत रुपमा प्रदान गरेका छन् । विमा वापत ६० परिवारले स्वास्थ्य उपचार खर्चमा प्रति परिबार ५० हजारका दरले ३० लाख बराबरको स्वास्थ्य सेवा लिन पाउने भएका छन् । 
कार्यक्रममा नेपाली कांग्रेस हेटौँडा नगर सभापति आनन्दराम पराजुपलीले वडा अध्यक्ष बानियाँले निर्वाचनका समयमा गरेको प्रतिवद्धता पुरा गरेर नेपाली कांग्रेस जे बोल्छ त्यही गर्छ भन्ने कुरा पुष्टि गरेको बताए । सभापति पराजुलीले बानियाँ बोलेर भन्दा काम गरेर देखाउँने जनप्रतिनिधि भएको उल्लेख गरे । 
यस्तै कार्यक्रममा नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप विष्टले वडा अध्यक्ष बानियाँले निर्वाचनका बेला बोलेको कुरा उदाहरणीय कार्य गरेको भन्दै प्रशंसा गरे । 
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य भिमसेन महत, कांग्रेस हेटौँडा वडा नम्बर ५ का सभापती यमबहादुर श्रेष्ठ, नेपाल तरुण दल नगर सभापति सुनिल गिरी, नेपाली कांग्रेसका रेवतीरमण पहाडी, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार