९ कार्तिक, हेटौँडा । हेटौँडा जेसीजको आयोजनामा जारी जेसीज सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार रक्तदान तथा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ ।
मकवानपुरमा बढ्दै गएको रगतको मागलाई थोरै भएपनि समाधान गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक रोशन सापकोटाले बताए । उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । हेटौँडा जेसीजका अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल टेलिकम चौघडाको प्रमुख रामकृष्ण तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य मूल कार्यक्रम संयोजक विज्ञान रिमालले गरेका थिए ।
कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष माधव न्यौपाने, गणेश श्रेष्ठ, निर्वतमान अध्यक्ष दिपकराज मिश्र, हेटौँडा लेडी जेसीजका अध्यक्ष शोभा खरेल लगायतको आतिथ्यता रहेको थियो ।
पौडीमा गोर्खाली प्रथम
मंगलबार नै भएको खुल्ला पौडी प्रतियोगितामा पारसकृष्ण गोर्खाली प्रथम, अजित मानन्धर द्वितीय र सुशिल कौडा तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएकाहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो ।
मकवानपुरमा पहिलो पटक आयोजना गरेको खुल्ला पौडी प्रतियोगितामा १४ जना प्रतिस्पर्धीहरुले प्रतियोगितामा सहभागिता जनाएको कार्यक्रम संयोजक रुपकराज पौडेलले जानकारी दिए । उक्त प्रतियोगिताको बारेमा मूल कार्यक्रम सहसंयोजक पवनकुमार कंसाकारले प्रकाश पारेका थिए । हेटौडा जेसीजका अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा शिक्षाविद्व पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जेसीआइ सेनेटर कविन सांगामीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा हेटौँडा जेसीजका पूर्व अध्यक्ष कृष्ण कटुवाल, काव्यमणी अधिकारी, कृष्णबहादुर कार्की, पौडी संघ मकवानपुरका अध्यक्ष सुभाष खतिवडा, बस्तीपुर जेसीजका अर्जुन केसी लगायतको आतिथ्यता रहेको थियो ।
२ भदौ, हेटौंडा । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । आयोगले प्रेस...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
२ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा परराष्ट्रमन्त्री, ऊर्जा...
२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा देशको पश्चिममा सरदर स्थानभन्दा...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...
१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ...
१९ साउन, हेटौंडा । प्रहरीले बाँकेबाट पाँच लाख रूपैयाँसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा दुई जनालाई...
२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...


















