Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

जेसीजको रक्तदान र पौडी सम्पन्न

1-1477401836.jpg

९ कार्तिक, हेटौँडा । हेटौँडा जेसीजको आयोजनामा जारी जेसीज सप्ताह कार्यक्रम अन्तर्गत मंगलबार रक्तदान तथा खुल्ला पौडी प्रतियोगिता सम्पन्न भएको छ ।  

मकवानपुरमा बढ्दै गएको रगतको मागलाई थोरै भएपनि समाधान गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक रोशन सापकोटाले बताए । उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए । हेटौँडा जेसीजका अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल टेलिकम चौघडाको प्रमुख रामकृष्ण तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य मूल कार्यक्रम संयोजक विज्ञान रिमालले गरेका थिए ।

कार्यक्रममा जेसीजका पूर्व अध्यक्ष माधव न्यौपाने, गणेश श्रेष्ठ, निर्वतमान अध्यक्ष दिपकराज मिश्र, हेटौँडा लेडी जेसीजका अध्यक्ष शोभा खरेल लगायतको आतिथ्यता रहेको थियो । 
पौडीमा गोर्खाली प्रथम
मंगलबार नै भएको खुल्ला पौडी प्रतियोगितामा पारसकृष्ण गोर्खाली प्रथम, अजित मानन्धर द्वितीय र सुशिल कौडा तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्वितिय र तृतीय भएकाहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरीएको थियो ।

मकवानपुरमा पहिलो पटक आयोजना गरेको खुल्ला पौडी प्रतियोगितामा १४ जना प्रतिस्पर्धीहरुले प्रतियोगितामा सहभागिता जनाएको कार्यक्रम संयोजक रुपकराज पौडेलले जानकारी दिए । उक्त प्रतियोगिताको बारेमा मूल कार्यक्रम सहसंयोजक पवनकुमार कंसाकारले प्रकाश पारेका थिए ।  हेटौडा जेसीजका अध्यक्ष धर्मराज बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी तथा शिक्षाविद्व पुरनबहादुर जोशीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा  जेसीआइ सेनेटर कविन सांगामीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा हेटौँडा जेसीजका पूर्व अध्यक्ष कृष्ण कटुवाल, काव्यमणी अधिकारी, कृष्णबहादुर कार्की, पौडी संघ मकवानपुरका अध्यक्ष सुभाष खतिवडा, बस्तीपुर जेसीजका अर्जुन केसी लगायतको आतिथ्यता रहेको थियो ।

2-1477401837.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै
lumbini-pardesh-sawa_3qou-1716075415.jpg

६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा...

हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

थप समाचार