Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पूजाको नेतृत्वमा निर्मलमा नेविसंघ गठन 

NSU-1545572823.jpg

८ पुस, हेटौँडा । हेटौंडा–१९ मा रहेको निर्मल बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ इकाई समिति गठन गरिएको छ । पूजा गिरी सभापति रहने गरी  २५ सदस्यीय नयाँ समिति आईतबार गठन भएको हो । 
इकाईको उपसभापतिमा अञ्जीता भुजेल, सचिव माधवी कडेँल, सहसचिव मनिसा पाण्डे, कोषाध्यक्ष सपना वली रहेका छन् । त्यसैगरी सदस्यहरुमा सुनिता लामा, दूर्गा अर्याल, निशान वर्तौला लगायतका रहेका छन् । नेपाल विद्यार्थी संघ जिल्ला सदस्य एवम् प्रतिनिधि सुवास तिमल्सिनाको उपस्थितिमा कार्यक्रम भएको हो ।  
त्यस्तै मनहरीमा रहेको महेन्द्र किरण माध्यामिक विद्यालयमा पनि १० जोड २ नेपाल विद्यार्थी संघ इकाई समिति गठन भएको छ । विकेश अर्याल सभापति रहने गरि १७ सदस्यीय नयाँ समिति गठन भएको हो । जसको उपसभापतिमा अरुणा सापकोटा, सचिव पवन रिमाल, कोषाध्यक्ष अस्मिता मुक्तान, सहसचिव किशोर अर्याल रहेका छन् । त्यस्तै सदस्यहरुमा संजय मुक्तान, माधव अधिकारी, अभिसेक सुवेदीलगायत रहेका छन् । नेपाल विद्यार्थी संघ प्रतिनिधि कविता बतौला  उपस्थितिमा कार्यक्रम भएको हो । 
विद्यालयमा  नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठकको सहयोगमा खेलकुद सामाग्री समेत वितरण गरिएको थियो ।  कार्यक्रममा प्रदेश तीनका प्रदेशसभा सदस्य सन्तबहादुर चेपाङ, काँग्रेस जिल्ला सदस्य कमला मैनाली, नवराज सुवेदी, काँग्रेस नेता शंकर न्यौपाने, जानुका लामा, प्रकाश बतौला, नेविसंघका जिल्ला सदस्य उमेशलाल स्याङ्तान र  नेविसंघका नेता आकाश भट्टराईको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार