१२ पुष, हेटौँडा । मनाङ–मर्स्याङ्दी क्लबले दुई खेलअगावै राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेको छ ।
११ औँ चरण अन्तर्गत बिहीबार एन्फा मैदान सातदोबाटोमा भएको अर्को दावेदार टिम संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै मनाङले उपाधि पक्का गरेको हो । यो सँगै मनाङ आठौंपटक लिग च्याम्पियन बन्न सफल भएको छ ।
मनाङले खेलेका सबै ११ खेल जित्दै ३३ अंकका साथ लिग जितेको हो । दोस्रो स्थानको संकटाको ११ खेलबाट २५ अङक छ । अब बाँकी रहेका दुवै खेल हारेपनि मनाङ च्याम्पियन बन्नेछ ।
विहीबारको खेलमा मनाङलाई जित दिलाउन विशाल राई, पुजन उपरकोटी र एडिलाजा सोमिडेले १/१ गोल गरे भने संकटाका लागी एक मात्र गोल सेड्रिक अबाले गरे ।
मनाङले यसअघि २०४२/२०४३, २०४३/२०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० गरी सातपटक उपाधि जितिसकेको छ ।
जारी लिगमा मनाङले पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबविरुद्ध ३–१, दोस्रोमा एनआरटीविरुद्ध २–०, तेस्रोमा थ्रीस्टारविरुद्ध २–१, चौथोमा एपीएफविरुद्ध २–१, पाँचौंमा सरस्वती युथविरुद्ध २–०, छैटौंमा जावलाखेल युथविरुद्ध १–०, सातौंमा मच्छिन्द्रविरुद्ध १–०, आठौंमा त्रिभुवन आर्मीविरुद्ध १–०, नवौंमा च्यासल युथविरुद्ध ३–१, दशौं चरणमा नेपाल पुलिसविरुद्ध १–० र एघारौं चरणमा संकटाविरुद्ध ३–१ को जित निकाल्दै उपाधिमाथि कब्जा जमाएको हो ।
मनाङले अब १२औं चरणमा हिमालयन शेर्पा तथा अन्तिम चरणमा फ्रेन्ड्स क्लबविरुद्ध खेल्नेछ ।
लिगको उपाधिसँगै मनाङले रु ५० लाख रुपैँया पुरस्कार पक्का गरेको छ ।
मनाङले उपाधि जितेसँगै जारी लिगमा उसका लागि फरवार्ड ओलावाले आफिजले ६ तथा अन्जन विष्टले ५ गोल गरेका छन् । मनाङले ११ खेलमा ५ गोल खाँदा २१ गोल गरेको छ ।
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...







-1792715895.jpg)






-nepal-1792111426.jpg)



