File Photo
१२ पुस, हेटौँडा । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा विहिबार प्रदेशसभा सदस्यहरु सभामुख सानुकुमार श्रेष्ठमाथि खनिएका छन् । उनीहरुले प्रदेशसभालाई कर्मकाण्डी ढंगबाट संचालन गरेको भन्दै आपत्ति जनाए । उनीहरुले सभामुखले शुन्य र विशेष समयको व्यवस्था भएपनि नराखेको भन्दै आक्रोश व्यक्त गरे ।
बैठकमा बोल्दै विवेकशिल साझा पार्टी र नेपाली कांग्रेसका प्रदेशसभा सदस्यहरुले शुन्य र विशेष समयको व्यवस्था नराखेको प्रति सभामुखको ध्यानाकर्षण गराएका थिए । बैठकमा बोल्दै विवेकशिल साझा पार्टीका प्रदेशसभा सदस्य रमेश पौड्यालले नागरिकको आवाज उठाउने स्थान संसद भएपनि यसलाई सभामुखले कर्मकाण्डी बनाएको बताए । यसबाट सत्तापक्ष मख्ख परेको भन्दै उनले नागरिकको जीवनसंग नजोडिएको संसद के संसद भन्दै गुनासो गरे । प्रदेश सरकारबाट इन्धनको अनियमितता भएको विषय बाहिर आएको भन्दै उनले भ्रष्टाचार र अनियमितताबारे कुरा उठाउने अवसरबाट बन्चित गर्न शुन्य र विशेष समय नराखिएको दावि गरे ।
त्यसैगरी, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रभात तामाङले प्रदेशसभा बैठक सांसदहरुका लागि मात्रै भएको बताए । प्रदेशमा भएका सामाजिक, आर्थिक र दैनिक समस्याबारे बोल्ने अवसरबाट बन्चित गरिएको उनको भनाई थियो । उनले प्रदेशका समस्यालाई संसदमा जानकारी गराउने व्यवस्थाका लागि सभामुखको ध्यानार्कषण गराएका थिए ।
विशेष र शुन्य समय नराखिएपछि केही प्रदेशसभा सदस्यहरुले विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा आफ्ना धारणा राखेका थिए । नेकपाका प्रदेशसभा सदस्य बद्री मैनालीले विधेयकसंग सम्बन्धित विषय नभएपनि भन्दै नुवाकोटमा मिनि ट्रक दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेका थिए । त्यस्तै, नेपाली कांग्रेसका प्रदेशसभा सदस्य छिरिङ दोर्जे लामाले प्रदेश राजधानीको निक्र्यौल विना उद्योग, कलकारखाना आउने सम्भावना नरहने भन्दै यसलाई यथाशिघ्र टुंगो लगाउन माग गरेका थिए ।
प्रदेश सभाको दोस्रो अर्थात बर्षे अधिवेशन अन्त्य हुनु अघि विशेष र शुन्य समयको व्यवस्था हुने अपेक्षा गरिएपनि सभामुख सानुकुमार श्रेष्ठले बुधबार र विहिबार बसेको बैठकमा विशेष र शुन्य समयको व्यवस्था रहेको जानकारी गराएका थिए ।
१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...


















