Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पाटेबाघको छाला सहित ४ पक्राउ

49169648_2204724059843673-1545976575.jpg

फोटोःसुनिल प्रस्ट खबर

१३पुस, हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले  ८ फिट ६ ईन्च लम्बाई र १ फिट १० ईन्च चौडाई भएको पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी पाटेबाघको छाला सहित पक्राउ परेकालाई सार्वजनिक गर्दै यस बारेमा जानकारी दिएको हो।

मकवानपुर प्रहरीले मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिको केही ठाउमा  संरक्षीत जंगली जनावर बन्यजन्तु बाघको छालाको कारोबार हुदै गरेको भन्ने विशेष सूचनाको आधारमा  पाटेबाघको छाला सहित ४ जनालाई पक्राउ गरेको जनाएको छ । 
पाटेबाघको छाला सहित पक्राउ पर्नेमा काभ्रे बस्ने ३० बर्षीया  दिल बहादुर घलान, त्यसैगरी मकवानपुर थाहा ८ बस्ने  ३२ बर्षीया आत्माराम घलान,त्यस्तै थाहा वडा नं. ८ बस्ने  ३० बर्षीया  गोमलाल थिङ र धादिङ गजुरी गाउपालिका ८ सानोबाई बस्ने २७ बर्षीया  दिल बहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निम्ति प्रमुख डिएसपि यज्ञ प्रसाद भट्टराईले बताएका छन ।
डिएसपि  भट्टराईले सेतो प्लास्टिकको बोरा भित्र लुकाई छिपाई ल्याएको मृत पाटे पाटेबाघको छला फेला पारे पश्चात उक्त पाटेबाघको छाला बरामद गरीएको बताए । उनले बन्यजन्तु संरक्षण संघको प्रतिनिधि र प्रहरी कार्यालयबाट खटिएको टोलीले बिशेश सुराकीको आधारमा खोजतलासको क्रममा  शंकास्पद रूपमा जिल्ला मकवानपुर थाहा न.पा. ३ स्थित दोबाटोमा डाँडाबास देखि पालुङ बजार तर्फ आइरहेको ना. ३५ प ४३४२ नम्बरको   मोटरसाइकल र ना. २ ह ३९२७ नं. को अटोमा सबार रहेको जिल्ला मकवानपुर थाहा नगरपालिका र काभ्रेका  गरी ४ जनालाई नियन्त्रणमा लिएको बताएको हो ।  पाटेबाघको छाला सहित पक्राउ परेकालाई  आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय  पठाइएको जनाएको छ  ।
 

49599708_266164767381717_-1545977263.jpg

फोटोःसुनिल प्रस्ट खबर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार