Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

मकवानपुर प्रहरीको सार्वजनिक सुनुवाई        

प्रहरी नागरिकको पहरेदार होः डिएसपि भट्टराई 

48426290_486335075106855_-1546015660.jpg

१३पुस, हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटोँडमा  सार्वजनिक सुनुवाई  कार्यक्रमको आयोजना गरी नागरिकको गुनासोलाई सम्बोधन गरेको छ । 
कार्यक्रममा निम्ति मकवानपुर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन भएका काम र प्रहरी गरेको कामको बारेमा प्रस्तुतिकरण गरेका थिए भने नागरिकबाट सुझाव सल्लाह तथा गुनासा राख्न जनप्रतिनिधि लगायत नागरिक अभियान्ता पत्रकार र स्थानियलाई आग्रह गरेको थिए। .
हेटौंडा ४ मा रहेको पशुपति सभाहलमा आयोजना गरीएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा न ५ का वडा अध्यक्ष राजेश बानियाँले प्रहरी भित्र केही समस्या रहेको बताउदै प्रहरीले जनप्रतिनिधीहरुसंग सहकार्य गनुपर्ने बताए । त्यस्तै अर्का जनप्रतिनिधि हेटौडा ४का वडाध्यक्ष नविन सिग्देलले प्रहरीले हेटौँडा बजार भित्र समस्याको रुपमा रहेको  सवारी चापलाई व्यवस्थापन गर्न नसेकेको आरोप लगाए । 
त्यसैगरी कार्यक्रमा माईती नेपाल मकवानपुरकी मनु लामाले प्रहरी महिलाहरुको मुद्धालाई ध्यान दिनु पर्ने बताउदै समस्यामा परेर गएका महिलाहरुको समस्याको संबोधन हुनु पर्ने बताइन। त्यस्तै मानव अधिकारकर्मी कुमारी वाईवाले, सर्बसाधारण पिडीत ब्यक्तिहरुको उजुरी दर्तामा ढिलासुस्ती गर्ने गरेको  जिल्लामा हुने गरेका हत्या र बलत्कारका घटनाका दोशिलाई कारवाही हुन नसकेको बताइन । 
नागरिका गुनासो सुनिसकेपछि जिल्ला प्रहरी कार्यालयम कवानपुरका निम्ति प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्राईले  प्रहरी र नागरिकको सम्बन्ध नङ् र मासुको जस्तो भएकाले प्रहरीले सधै नागरिक प्रती वाचडग अर्थात पहरेदारको भुमिका निभाउने बताएका छन । उनले जिल्लामा प्रहरीको दरवन्दीमा अनुसारको प्रहरी संख्या  रहेको र  सिमित प्रहरी ईकाइ र प्रहरीले आवश्यक भन्दा क्षेत्र हेर्नु परेकोले सुरक्षमा चुनैती भएको बताए ।  उनले छिटो भन्द छिटो नागरिकको गुनासालाई संबोधन गरिने बताए । 
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी  निरीक्षक सन्तोष श्रेष्ठले नागरिकको प्रहरी प्रतिको गुनासो सम्मानयोग्य रहेको बताउदै प्रहरी नागरिको सुरक्षाको लागि भएकोले सुरक्षा प्रदान गर्न प्रहरी मात्र नभई सबै क्षेत्रबाट साथ र सहयोग चाहिने बताए । उनले नागरिकको न्यायका  निम्ति आफु कहिलै नथाक्ने बताए । 
त्यसैगरी कार्यक्रममा पत्रकार सुनिल शिवाकोटीले जिल्लामा हुने अबैध लागुऔषध तथा चोरी तस्करीका केही घटनाहरुमा प्रहरीले सफलता प्राप्त गरेको बताउदै   बढदो सवारी चापको न्युनिकरणमा प्रहरीको  भुमिका उल्लेखिय हुनुपर्ने बताए । त्यसैगरी पत्रकार सिजना नेपालले केही नगरको केही क्षेत्रमा युवाहरुले महिलाहरु माथी र्दुव्यवाहार गर्ने गरेको पाइएकोले त्यसको अन्त्य हुने पर्ने बताइन।  
 जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  विभिन्न वडाका जनप्रतिनिधि, पत्रकार ,नागरिक समाज विभिन्न सरकारी, गैर सरकारी क्षेत्रमा व्यक्तिहरुको  सहभागिता रहेको थियो। .

48429079_2368809133376550-1546015661.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg