१३पुस, हेटौँडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार हेटोँडमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरी नागरिकको गुनासोलाई सम्बोधन गरेको छ ।
कार्यक्रममा निम्ति मकवानपुर प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक यज्ञ प्रसाद भट्टराईले जिल्ला प्रहरी कार्यालयबाट सम्पादन भएका काम र प्रहरी गरेको कामको बारेमा प्रस्तुतिकरण गरेका थिए भने नागरिकबाट सुझाव सल्लाह तथा गुनासा राख्न जनप्रतिनिधि लगायत नागरिक अभियान्ता पत्रकार र स्थानियलाई आग्रह गरेको थिए। .
हेटौंडा ४ मा रहेको पशुपति सभाहलमा आयोजना गरीएको सार्वजनिक सुनुवाईमा कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा न ५ का वडा अध्यक्ष राजेश बानियाँले प्रहरी भित्र केही समस्या रहेको बताउदै प्रहरीले जनप्रतिनिधीहरुसंग सहकार्य गनुपर्ने बताए । त्यस्तै अर्का जनप्रतिनिधि हेटौडा ४का वडाध्यक्ष नविन सिग्देलले प्रहरीले हेटौँडा बजार भित्र समस्याको रुपमा रहेको सवारी चापलाई व्यवस्थापन गर्न नसेकेको आरोप लगाए ।
त्यसैगरी कार्यक्रमा माईती नेपाल मकवानपुरकी मनु लामाले प्रहरी महिलाहरुको मुद्धालाई ध्यान दिनु पर्ने बताउदै समस्यामा परेर गएका महिलाहरुको समस्याको संबोधन हुनु पर्ने बताइन। त्यस्तै मानव अधिकारकर्मी कुमारी वाईवाले, सर्बसाधारण पिडीत ब्यक्तिहरुको उजुरी दर्तामा ढिलासुस्ती गर्ने गरेको जिल्लामा हुने गरेका हत्या र बलत्कारका घटनाका दोशिलाई कारवाही हुन नसकेको बताइन ।
नागरिका गुनासो सुनिसकेपछि जिल्ला प्रहरी कार्यालयम कवानपुरका निम्ति प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक यज्ञप्रसाद भट्राईले प्रहरी र नागरिकको सम्बन्ध नङ् र मासुको जस्तो भएकाले प्रहरीले सधै नागरिक प्रती वाचडग अर्थात पहरेदारको भुमिका निभाउने बताएका छन । उनले जिल्लामा प्रहरीको दरवन्दीमा अनुसारको प्रहरी संख्या रहेको र सिमित प्रहरी ईकाइ र प्रहरीले आवश्यक भन्दा क्षेत्र हेर्नु परेकोले सुरक्षमा चुनैती भएको बताए । उनले छिटो भन्द छिटो नागरिकको गुनासालाई संबोधन गरिने बताए ।
त्यसैगरी वडा प्रहरी कार्यालय हेटौँडाका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले नागरिकको प्रहरी प्रतिको गुनासो सम्मानयोग्य रहेको बताउदै प्रहरी नागरिको सुरक्षाको लागि भएकोले सुरक्षा प्रदान गर्न प्रहरी मात्र नभई सबै क्षेत्रबाट साथ र सहयोग चाहिने बताए । उनले नागरिकको न्यायका निम्ति आफु कहिलै नथाक्ने बताए ।
त्यसैगरी कार्यक्रममा पत्रकार सुनिल शिवाकोटीले जिल्लामा हुने अबैध लागुऔषध तथा चोरी तस्करीका केही घटनाहरुमा प्रहरीले सफलता प्राप्त गरेको बताउदै बढदो सवारी चापको न्युनिकरणमा प्रहरीको भुमिका उल्लेखिय हुनुपर्ने बताए । त्यसैगरी पत्रकार सिजना नेपालले केही नगरको केही क्षेत्रमा युवाहरुले महिलाहरु माथी र्दुव्यवाहार गर्ने गरेको पाइएकोले त्यसको अन्त्य हुने पर्ने बताइन।
जिल्ला समन्वय समितिका मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, पत्रकार ,नागरिक समाज विभिन्न सरकारी, गैर सरकारी क्षेत्रमा व्यक्तिहरुको सहभागिता रहेको थियो। .
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







