६ पुष, हेटौँडा । बंगलादेशमा आइतबार सम्पन्न आमनिर्वाचनका क्रममा भएका हिंसात्मक घटनामा परी १२ जनाको मृत्यु भएको छ ।
निर्वाचनका क्रममा देशका विभिन्न स्थानमा विपक्षी र सत्ता पक्ष तथा प्रहरी विच भएका झडमा १२ जनाको मृत्यु भएको बताइएको छ ।
प्रहरीको कारबाहीमा तीन जनाको मृत्यु भएको छ भने सत्तारुढ अवामी लिग पार्टी र विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताबीचको झडपमा अरु आठ जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुका अनुसार एकजना प्रहरी जवानको विपक्षी दलका कार्यकर्ताले गोली चलाउँदा मृत्यु भएको छ ।
बंगलादेशको आइतबारको चुनावमा बलियो सुरक्षा व्यवस्था गरिएको थियो । चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान गरेका छन् । प्रधानमन्त्री शेख हसिना ऐतिहासिक चौथो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा रहेकिछिन ।
विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् ।
बंगलादेशका नेताहरुले प्रधानमन्त्री हसिनाको कार्यकालमा बंगलादेशको आर्थिक विकासमा अभूतपूर्व प्रगति भएको बताएका छन् ।
साथै, प्रधानमन्त्री हसिनाले छिमेकी मुलुक म्यान्मारबाट भागेका लाखौं रोहिङ्ग्या अल्पसंख्यक मुस्लिम समुदायलाई आश्रय दिएकामा पनि धेरैले उनको कदमको सराहना गरेका छन् ।
तर, कतिपय आलोचकहरुले प्रधानमन्त्री हसिनाले विपक्षीमाथि निर्मम दमन गरेको बताएका छन् । चुनाव हुनुअघि हसिनाको अवामी लिग र खालेदा जियाको बीएनपीका समर्थकहरुबीच हिंसात्मक झडपहरु भएका थिए । (एजेन्सी)
१६ बैशाख, हेटौंडा । राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित संघीय...
१६ बैशाख, हेटौंडा । नेपालसँगको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेलमा आइतबार वेस्ट इन्डिज ‘ए’ १० रनले...
१६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशमा...
१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक...
१६ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको इलाम क्षेत्र नम्बर २ को मतदानको मतगणना आज बिहान ७ बजेपछि मात्रै सुरु हुने...
१६ बैशाख, हेटौंडा । वेस्ट इन्डिज ’ए’ सँगको पाँच खेलको टी–२० क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ...
१५ बैशाख, हेटौंडा। नेकपा एसको अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीमा जनसहभागिता...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१४ बैशाख, काठमाडौं । बैशाख १६ गतेदेखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ । झापा, धनुषा,...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...