Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उपमहानगरमा गाभ्न गढी गाविसको माग

20161027_140526-1477565696.jpg

११ कार्तिक, हेटौंडा । मकवानपुरगढी गाविसलाई हेटौंडा उपमहानगरपालिकामा गाभ्नुपर्ने त्यहाँको सर्वदलीय संयन्त्रले माग गरेको छ । सर्वदलीय संयन्त्र र स्थानीयसहितको टोलीले विहिबार जिविस मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै स्थानीय निकाय पुनर्संरचनाको क्रममा गढीलाई उपमहानगरपालिकामा गाभ्न माग गरेको हो ।

मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाउँदै सर्वदलीय संयन्त्रका प्रतिनिधिले अाफुहरूले २०७३ साउन ९ गते  उपमहानगरपालिका समावेश हुने निर्णय गरेको र स्थानीय निकाय पुनर्संरचना अायोग समेत केन्द्रमा सिफारिस गरेकाले सोही अनुसार कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

ज्ञापनपत्रमा हेटौंडा गाउँ पञ्चायत हुँदा गढीका अधिकांश भाग गाउँ पञ्चायतमा रहेको, गाविसका १ देखि ९ नम्बर वडा उपमहानगरपालिकामा जोडिएको, गाविस र नगर क्षेत्र मा रहेका वन समूहमा द्वेध स्वामित्व रहेको, कान्तिलोकपथ, फाष्टट्रयाकसहित अन्य सडक पूर्वाधार तयार रहेको, मनकामना, मकवानपुर गढी, रूद्रबाटिका जस्ता एेतिहासिक धरोहर रहेको, गढी र हेटौंडा उपमहानगरपालिकाबीच भगिनीसम्बन्ध रहेको र उत्तरी क्षेत्रमा शिरदेखि पुच्छरसम्म सामरी खोलाले सिमाना छुट्याएकाले गढी गाविसलाई नगरमा गाभ्नु पर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी  मैनालीले जनता भावना अनुसार निर्णयका लागि जिविस तयार रहेको भन्दै जिल्लामा क्रियाशील राजनैतिक दललाई सहमत गराउन अाग्रह गरे । गढीका राजनैतिक संयन्त्र र स्थानीयले विहिबार नै नेपाली कांग्रेस, नेकपा एमाले, माअोवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, माले, संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई समेत मागबारे अवगत गराएको छ । 

पछिल्लो समय गढी, अामभञ्ज्याङ, सुकौरा र बुढीचौर गाविस समेटेर गाउँपालिका बनाउने विकल्प बारे छलफल हुन थालेकाले गाविसबासीले सरोकारवालाहरूलाई सचेत गराउन ज्ञापनपत्र बुझाएका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार