Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

उपमहानगरमा गाभ्न गढी गाविसको माग

20161027_140526-1477565696.jpg

११ कार्तिक, हेटौंडा । मकवानपुरगढी गाविसलाई हेटौंडा उपमहानगरपालिकामा गाभ्नुपर्ने त्यहाँको सर्वदलीय संयन्त्रले माग गरेको छ । सर्वदलीय संयन्त्र र स्थानीयसहितको टोलीले विहिबार जिविस मकवानपुरमा ज्ञापनपत्र बुझाउँदै स्थानीय निकाय पुनर्संरचनाको क्रममा गढीलाई उपमहानगरपालिकामा गाभ्न माग गरेको हो ।

मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीलाई ज्ञापनपत्र बुझाउँदै सर्वदलीय संयन्त्रका प्रतिनिधिले अाफुहरूले २०७३ साउन ९ गते  उपमहानगरपालिका समावेश हुने निर्णय गरेको र स्थानीय निकाय पुनर्संरचना अायोग समेत केन्द्रमा सिफारिस गरेकाले सोही अनुसार कार्यान्वयन हुनुपर्ने माग गरेका छन् ।

ज्ञापनपत्रमा हेटौंडा गाउँ पञ्चायत हुँदा गढीका अधिकांश भाग गाउँ पञ्चायतमा रहेको, गाविसका १ देखि ९ नम्बर वडा उपमहानगरपालिकामा जोडिएको, गाविस र नगर क्षेत्र मा रहेका वन समूहमा द्वेध स्वामित्व रहेको, कान्तिलोकपथ, फाष्टट्रयाकसहित अन्य सडक पूर्वाधार तयार रहेको, मनकामना, मकवानपुर गढी, रूद्रबाटिका जस्ता एेतिहासिक धरोहर रहेको, गढी र हेटौंडा उपमहानगरपालिकाबीच भगिनीसम्बन्ध रहेको र उत्तरी क्षेत्रमा शिरदेखि पुच्छरसम्म सामरी खोलाले सिमाना छुट्याएकाले गढी गाविसलाई नगरमा गाभ्नु पर्ने माग गरिएको छ ।

ज्ञापनपत्र बुझ्दै स्थानीय विकास अधिकारी  मैनालीले जनता भावना अनुसार निर्णयका लागि जिविस तयार रहेको भन्दै जिल्लामा क्रियाशील राजनैतिक दललाई सहमत गराउन अाग्रह गरे । गढीका राजनैतिक संयन्त्र र स्थानीयले विहिबार नै नेपाली कांग्रेस, नेकपा एमाले, माअोवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, माले, संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई समेत मागबारे अवगत गराएको छ । 

पछिल्लो समय गढी, अामभञ्ज्याङ, सुकौरा र बुढीचौर गाविस समेटेर गाउँपालिका बनाउने विकल्प बारे छलफल हुन थालेकाले गाविसबासीले सरोकारवालाहरूलाई सचेत गराउन ज्ञापनपत्र बुझाएका हुन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका प्रधानसेनापतिले मानार्थ महारथीको उपाधी हासिल गर्दै
general-dhiraj-seth-3-153-1786929755.jpg

१ भदौ, हेटौंडा । भारतीय सेनाका प्रधानसेनापति धिरज सेठले आज मानार्थ महारथीको उपाधी हासिल गर्दैछन् । उनलाई...

कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

थप समाचार