१८ पुस, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ मा रहको स्वास्थ्य चौकीमामा बुधबार भएको स्वस्थ बालबालिका प्रतियोगितामा एलिया विक पहिलो भएकी छिन् । प्रतियोगितामा सहभागी वडाभरीका ६० जना बालबालिकालाई पछि पार्दै एलिया पहिलो हुन सफल भएकी हुन् ।
स्वास्थ्य तथा सामाजिक विकास शाखा मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा एलिया विक प्रथम, डिजु थापा मगर दोस्रो र देविषा चौरेल तेस्रो, गिदोन स्यांतान चौथो, स्नेहा स्यांतान पाँचौ, कपिल घिसिङ छठौं, सिर्जन दोङ सातौं, अनिस थिङ अठौं, शिसम स्यांतान नवौं र पुस्किला बल दशौं स्थानमा आए । २९ वटा सूचनाको आधार तय गरी गरिएको प्रतियोगितामा वडा नम्बर २ भित्रका ९ महिनादेखि र ३० महिना तलका ३० बालक र ३० बालिकाले सहभागिता सहभागिता रहेको चौकीका प्रमुख प्रमोद रौनियारले जानकारी दिए ।
तेस्रो स्थलसम्मका लागि एक सेट चरेसको थाल, गिलास र चम्चा पुरस्कार दिईउको थियो भने उत्कृष्ट १० भित्र पर्नेलाई साबुन र नेल कटर पुरस्कार दिईएको थियो ।
गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भोलाप्रसाद चौलागाईको प्रमुख आतिथ्यतामा एवं वडा अध्यक्ष तथा स्वास्थ्य चौकीका अध्यक्ष बखानसिंह पाख्रिनको अध्यक्षता रहेको थियो ।
कार्यक्रममा वडा सदस्य तथा कार्यपालिका सदस्य पातलीमाया गोले, सदस्य सावित्री विक, बंशगोपाल मावि कुर्लेका प्रधानाध्यापक लिलानाथ ढुङ्गेल, चण्डिका माविका सहायक प्रधानाध्यापक बीरबहादुर गोले, सञ्चारकर्मी रुपेश दुलाल, श्रीराम अर्जुन लगायतको उपस्थिती रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)