१८पुस, हेटौँडा । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले ओली सरकारले जनताको मर्म भावना अनुसार काम गर्न नसकेको आरोप लगाएका छन ।
४३ औँ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा बीपी बिचार समाज मकवानपुरले बुधबार हेटौडा ४ पशुपतिसभाहलमा आयोजना गरेको अन्तर संवाद तथा सम्मान कार्यक्रमलाई संम्बोध गर्दै कोइरालाले यस्तो बताएका हुन । उनले वर्तमान ओली सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको तर सरकारले भ्रष्टाचारी र बलत्कारीहरुलाई संरक्षण गरेको आरोप लगाएका छन । उनले कार्यक्रममा बोल्दै सरकारप्रति सर्वसाधारणको बिश्वास गुमेको बताए ।
त्यसैगरी कार्यक्रममा बोल्दै कांग्रेस प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले विपि र कांग्रेसले ल्याएको राष्ट्रिय मेलमिलापको नितीलाई अरु राजनैतिक दलले बुझनु पर्नेे भन्दै अरुको आलोचना गर्नुभन्दा विचार सोचलाई परिवर्तन गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङ, काँग्रेस महासमिति सदस्य रिता खनाल, बीपी बिचार समाजका केन्द्रिय सदस्य लोकेश ढकाल, पुर्व केन्द्रिय सदस्य डाक्टर शोभाकर पराजुली लगायतले मन्तव्य व्यक्त गरेका थिए । बीपी बिचार समाज मकवानपुरका अध्यक्ष बिनोद चन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यहरु डाक्टर राजाराम कार्की, इन्द्र बहादुर बानियाँ, भिमसेन खत्री, बिजुला बर्मा र सन्त बहादुर चेपाङलाई स्वागत तथा सम्मान गर्नुका सायै बी पी स्मारिका प्रकाशन टोलीलाई समेत खादादे सम्मान गरिएको थियो ।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















