Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

नेमार सबैभन्दा महङ्गा खेलाडी, मेस्सी तेस्रोमा, रोनाल्डो १० भित्र परेनन्

neymar-1546670550.jpg

२१ पुस, हेटौँडा। फुटबल खेल औधि रुचाइने खेलमध्यकै एक हो ।  यस खेलले हरेक बर्ष नयाँ खेलाडिहरु जन्माउने गर्दछ ।

प्रत्येक ४ बर्षमा आयोजना हुने विश्वकप होस या देश स्तरिय हुने लिग होस । सबै प्रतियोगिताले बुढा देखि युवा सबैको मन जितेको पाईन्छ । व्यावसायिक फुटबलका विभिन्न प्रतियोगिताबारे विश्वभर चर्चा हुने गरेको पाईन्छ भने त्यस प्रतियोगितामा व्यावसायिक फुटबल खेल्ने फुटबलरको झनै चर्चा हुने गर्दछ। फुटबलरको खेल देखेर क्लबका मालिकहरु खेलाडिलाई क्लबमा भित्राउन  महङ्गो रकम समेत बुझाउन पछि पर्दैनन् । प्रत्येक बर्ष व्यावसायिक फुटबल खैल्ने फुटबलरको दर रेटमा उत्तार चढाव भईरहन्छ। 
 यसै क्रममा फुटबल बेन्चमार्क डटकमले अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा हालै गरेको अध्ययनले लियोनेल मेस्सी, रोनाल्डोलाई पछि पार्दै ब्राजिलियन स्टार नेमार संसारकै महंगा खेलाडी बनेका छन । अडिटर्स कम्पनी केपीएमजीसँगको सहकार्यमा गरिएको अध्ययनले यसो देखाएको बताइएको छ । यस अध्ययनले नेमारलाई सर्वा्धिक मूल्यबान खेलाडीको पहिलो सूचीमा राखेको हो । नेमारको मूल्य २०६.५ मिलियन पाउण्ड रहेको छ । त्यसैगरी फ्रान्सका युवा स्टार केलियन एमबाप्पे १९३.१ मिलियन पाउण्ड सहित दोस्रो स्थानमा रहेका छन् । भने तेस्रो स्थानमा १८३.२ मिलियन पाउण्ड सहित  अर्जे्न्टिनी सुपरस्टार लियोनल मेस्सी रहेका छन् । त्यसैगरी पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने शीर्ष १० मा अटाएका छैनन् । १२ औं स्थानमा रहेका रोनाल्डोको मूल्य ९६.४ मिलियन पाउण्ड मात्र रहेको छ ।
त्यसैगरी महंगा खेलाडीको शीर्ष १० मा इङ्लिश प्रिमियर लिग खेल्ने खेलाडीको बाहूल्यता रहेको छ । चौथो महङ्गो खेलाडिमा  १५१.६ मिलियन पाउण्डसहित लिभरपुलका मोहमद सलाहे रहेका छन भने १३६.१ मिलियन पाउण्डसहित टोट्टनहामका कप्तान ह्यारी केन पाँचौ स्थानमा रहेका छन ।   १४८.२ मिलयन पाउण्ड सहित इडेन हाजार्ड छैटौं र १२९ं.४ मिलियन पाउण्ड सहित केभिन डे ब्रुएन सातौं स्थानमा छन् भने शीर्ष १० मा रहने अन्य खेलाडीमा पाउल पोग्वा, एन्टोनी ग्रीजम्यान र फिलिपे काउटिन्हो रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मधेशको बजेट ४१ अर्ब १३ करोड
Madhesh-Budget-1781522465.jpg

१ असार, हेटौंडा । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३।८४ को लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट...

टेम्पो भीरबाट खसाल्ने वनका १२ कर्मचारी पक्राउ
Forest-officials-crash-te-1781488389.png

१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...

ट्रम्पद्वारा इरानसँग शान्ति सम्झौता भएको घोषणा
gd-1781487844.jpg

१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...

परराष्ट्रमन्त्री खनाल चीनको बेइजिङमा
Untitled-design-(16)-1780-1781487498.jpg

१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...

राष्ट्रियसभाको बैठक आज बस्दै
Screenshot_20260309_07575-1781486997.jpg

१ असार, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठकमा आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान...

प्रतिनिधि सभाको बैठक बस्दै
Screenshot_20260518_07103-1781486692.jpg

१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...

मध्यम वर्षाको सम्भावना
water-1781486413.jpg

१ असार, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको...

बागमती प्रदेशको आर्थिक सर्वेक्षण सार्वजनिक
Screenshot_20260614_16273-1781445351.jpg

३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

अमेरिका र इरानबीचको युद्ध अन्त्य हुन ट्रम्पको दावी
TRUMP-MELON-1781400808.jpg

३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg