Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुर्घटनाको मुख्य कारण चालकको लापरवाहि, हेटौँडामा २५ मिटर भत्काइनु पर्छ

49505576_307010563275825_-1546865848.jpg

सुनिल शिवाकोटी 
२३ पुस, हेटौँडा ।
काठमाडौ सहित मुलुकभर चालकको लापरवाहिले बढि दुर्घटना हुने गरेको पाइएको छ । पञ्च सिद्धि फाउण्डेसनले हेटौँडामा आयोजना गरिएको सडक दुर्घटना र यसको समाधानका उपाय विषयक छलफल कार्यक्रममा यसो बताइएको छ ।

छलफल कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्ण  चन्द्र  जोशिले यस आर्थीक बर्षको पुस २० गते सम्मको तथ्याङक हेर्दा १ हजार १ सया ७६ जनाको मुत्यु सवारी दुर्घटनामा परी भएको र त्यसैगरी प्रदेश नम्बर ३मा उपत्यका बाहेक सवारी दुर्घटनामा परी मुत्यु हुनेको संख्या २ सय २५ रहेको बताएका हुन।  उनले सबै भन्दा बढि मोटरसाइकल दुर्घटना हुने गरेको बताउदै उपत्यकामा बिहान प्रदेश नम्बर ३ मा दिउसो १२ बजे देखि साझ ६ बजेको बिचमा र प्रदेश नम्बर ५मा बेलुका बढि दुर्घटना हुने गरेको बताए ।  उनले यि सबै दुर्घटनाको मुख्य कारण चालकको लापरवाहिले हुने गरेको बताए । प्रहरी नायव महानिरीक्षक  जोशिले प्रदेश नम्बर ३मा उपत्यका बाहेक  दैनिक १.२ का दरले दुर्घटनामा परी मुत्यु हुने गरेको  र अहिलेको  दुर्घटनाको तथ्य अनुसार बढि दुर्घटना ग्रामीण  सडकमा हुने गरेको बताए ।  
त्यस्तै ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले सवारि चालकहरुले इन्डिकेटरको ख्याल नगर्दा दुर्घटना हुने गरेको बताए। उनले  सवारी दुर्घटना न्युनिकरणका लागि केहि निती बनेतापनि ग्रहण गर्न नसक्दा दुर्घटना हुने गरेको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले संसदमा सार्वजनिक महत्व विषयको प्रस्ताव दर्ता भएको र त्यसमा दुर्घटना न्युनिकरणका केहि बिषय समेत  समावेश रहेकोले त्यस प्रस्ताव पास भएमा दुर्घटनाका न्युनिकरणका लागि ठोस कदम चाल्न सकिने बताए । उनले हेटौडामा सडकको अवस्था अस्तव्यस्त रहेकोले २५ मिटर अभियानले सहजता पाए हेटौँडामा दुर्घटनामा कमि आउने बताए । 
त्यसैगरी कार्यक्रममा बोल्दै २ नम्बर ट्राफिक प्रहरी प्रमुख किरण बज्रचार्यले राजर्माग क्षेत्रमा गूड्ने   मर्मत संहार नभएका सवारी साधन  र कमाउने उद्देश्यले यान्त्रिक परीक्षणा नगरिएका चलाईएका सवारी दुर्घटनाका भागिदार भएको बताइन ।  कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले दुर्घटनाका न्युनिकरणकालागि सडक साघुरो भएकाले घुमाउरो पारामा २५ मिटर सडक बिस्तार गनुपर्ने बताए ।  पञ्च सिद्धि फाउण्डेसनका अध्यक्ष सिद्धिलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर ट्राफिक प्रहरी प्रमुख नविन राई, पत्रकार महासंघ प्रदेश नम्बर३का अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरी हुमागाई, अन्य संचारकर्मी , यातायात व्यवसायी, सवारी चालक,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रम मार्फत  सहभागिहरुले दुर्घटनाको कारणा र त्यसको  न्युनिकरणका बारेमा आ आफ्ना धारणा व्यक्त गरेका थिए ।

49864650_1948987958743954-1546865848.jpg
49837079_567444570384764_-1546865891.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार