Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

दुर्घटनाको मुख्य कारण चालकको लापरवाहि, हेटौँडामा २५ मिटर भत्काइनु पर्छ

49505576_307010563275825_-1546865848.jpg

सुनिल शिवाकोटी 
२३ पुस, हेटौँडा ।
काठमाडौ सहित मुलुकभर चालकको लापरवाहिले बढि दुर्घटना हुने गरेको पाइएको छ । पञ्च सिद्धि फाउण्डेसनले हेटौँडामा आयोजना गरिएको सडक दुर्घटना र यसको समाधानका उपाय विषयक छलफल कार्यक्रममा यसो बताइएको छ ।

छलफल कार्यक्रममा बोल्दै प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्सालका प्रमुख प्रहरी नायव महानिरीक्षक पुर्ण  चन्द्र  जोशिले यस आर्थीक बर्षको पुस २० गते सम्मको तथ्याङक हेर्दा १ हजार १ सया ७६ जनाको मुत्यु सवारी दुर्घटनामा परी भएको र त्यसैगरी प्रदेश नम्बर ३मा उपत्यका बाहेक सवारी दुर्घटनामा परी मुत्यु हुनेको संख्या २ सय २५ रहेको बताएका हुन।  उनले सबै भन्दा बढि मोटरसाइकल दुर्घटना हुने गरेको बताउदै उपत्यकामा बिहान प्रदेश नम्बर ३ मा दिउसो १२ बजे देखि साझ ६ बजेको बिचमा र प्रदेश नम्बर ५मा बेलुका बढि दुर्घटना हुने गरेको बताए ।  उनले यि सबै दुर्घटनाको मुख्य कारण चालकको लापरवाहिले हुने गरेको बताए । प्रहरी नायव महानिरीक्षक  जोशिले प्रदेश नम्बर ३मा उपत्यका बाहेक  दैनिक १.२ का दरले दुर्घटनामा परी मुत्यु हुने गरेको  र अहिलेको  दुर्घटनाको तथ्य अनुसार बढि दुर्घटना ग्रामीण  सडकमा हुने गरेको बताए ।  
त्यस्तै ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक कुमार थापाले सवारि चालकहरुले इन्डिकेटरको ख्याल नगर्दा दुर्घटना हुने गरेको बताए। उनले  सवारी दुर्घटना न्युनिकरणका लागि केहि निती बनेतापनि ग्रहण गर्न नसक्दा दुर्घटना हुने गरेको बताए । त्यसैगरी कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य विरोध खतिवडाले संसदमा सार्वजनिक महत्व विषयको प्रस्ताव दर्ता भएको र त्यसमा दुर्घटना न्युनिकरणका केहि बिषय समेत  समावेश रहेकोले त्यस प्रस्ताव पास भएमा दुर्घटनाका न्युनिकरणका लागि ठोस कदम चाल्न सकिने बताए । उनले हेटौडामा सडकको अवस्था अस्तव्यस्त रहेकोले २५ मिटर अभियानले सहजता पाए हेटौँडामा दुर्घटनामा कमि आउने बताए । 
त्यसैगरी कार्यक्रममा बोल्दै २ नम्बर ट्राफिक प्रहरी प्रमुख किरण बज्रचार्यले राजर्माग क्षेत्रमा गूड्ने   मर्मत संहार नभएका सवारी साधन  र कमाउने उद्देश्यले यान्त्रिक परीक्षणा नगरिएका चलाईएका सवारी दुर्घटनाका भागिदार भएको बताइन ।  कार्यक्रममा बोल्दै हेटौँडा उपमहानगरपालिका प्रमुख हरि बहादुर महतले दुर्घटनाका न्युनिकरणकालागि सडक साघुरो भएकाले घुमाउरो पारामा २५ मिटर सडक बिस्तार गनुपर्ने बताए ।  पञ्च सिद्धि फाउण्डेसनका अध्यक्ष सिद्धिलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा ३ नम्बर ट्राफिक प्रहरी प्रमुख नविन राई, पत्रकार महासंघ प्रदेश नम्बर३का अध्यक्ष प्रताप बिष्ट, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरी हुमागाई, अन्य संचारकर्मी , यातायात व्यवसायी, सवारी चालक,विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतकाको सहभागिता रहेको थियो भने कार्यक्रम मार्फत  सहभागिहरुले दुर्घटनाको कारणा र त्यसको  न्युनिकरणका बारेमा आ आफ्ना धारणा व्यक्त गरेका थिए ।

49864650_1948987958743954-1546865848.jpg
49837079_567444570384764_-1546865891.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार