२३ पुस, हेटौँडा । मकवानपुरे महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले यसवर्ष दुई जना साहित्यकार र एक जना पत्रकारलाई सम्मान गर्ने भएको छ ।
आँचलको वार्षिकोत्सव तथा तेस्रो अधिवेशनको अवसरमा साहित्य र पत्रकारिता मार्फत् समाजमा योगदान पुर्याउनेलाई सम्मान गर्ने निर्णय भएको संस्थाकी सचिव अनिता न्यौपानेले जानकारी दिइन् । यही पुस २८ गते हुने कार्यक्रममा साहित्यकार रुकु कार्की, बुनु लामिछाने र अग्रज पत्रकार कौशल पाण्डेलाई सम्मान गर्ने निर्णय भएको उनले बताइन् ।
आँचलले अघिल्लो वर्षबाट प्रदान गर्न थालेको बालकुमारी जगन्नाथ भेटवाल स्मृति सम्मान–२०७५ बाट साहित्यकार रुकु कार्कीलाई सम्मा गर्ने सचिव न्यौपानले जानकारी दिइन् । उनलाई सम्मानपत्रसहित नगद १० हजार प्रदान गरिने जनाइएको छ । उक्त सम्मान समाजसेवी हरिवंश भेटवालले मातापिताको सम्झनामा स्थापना गरेका हुन् । अघिल्लो वर्ष यो सम्मानबाट साहित्यकार प्रतिमा पाठक सम्मानित भएकी थिइन् ।
यसैगरी आँचलले यसवर्ष देखि स्थापना गरेको प्रतिभा तिवारी छन्द सम्मानबाट महाकाव्यकार बुनु लामिछानेलाई सम्मानित गरिने न्यौपानेले जानकारी दिइन् । उनका अनुसार यो सम्मानमा पनि सम्मानपत्रसहित नगद १० हजार प्रदान गरिने निर्णय भएको छ । साहित्यकार मुना अर्यालको संयोजनमा प्रतिभा तिवारी आफैंले सम्मान स्थापना गरेकी हुन् ।
यस्तै, आँचल साहित्य कला पुञ्जले इश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कार–२०७५ बाट अग्रज पत्रकार कौशल पाण्डेलाई सम्मान गर्ने निर्णय गरेको छ । सम्मान पत्रसहित नगद ५ हजार ५ सय ५५ रुपैया प्रदान गरिने सचिव न्यौपानेले जानकारी दिइन् । उक्त सम्मान प्रकाश लम्साल र अप्सरा तिम्सिनाले पिता तथा ससुराको स्मृतिमा यसवर्ष स्थापना गरेका हुन् । अघिल्लो वर्ष पत्रकारिता पुरस्कारबाट पत्रकार ध्रुव अधिकारीलाई सम्मानित गरिएको थियो ।
११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...
११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...
११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...
१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीपहिरोले...
१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...
१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
२९ बैशाख, हेटौंडा । सिस्नेरी-दक्षिणकाली सडक अन्तरगत मकवानपुरको इन्द्रसरोवर–२ लामबगरमा ईभी भ्यान दुर्घटना...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायू प्रभाव रहेको छ । हाल कोशी, मधेश, बागमती र...
२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
३० बैशाख, हेटौंडा । बाजुरामा भिरबाट खसेको ढुंगा लागेर एक वडा सदस्यको मृत्यु भएको छ । मृत्यु हुनेमा बूढीगंगा...
३० बैशाख, हेटौंडा । आतङ्कवादी संगठनको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको ज्यान...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...









-1779500375.jpg)





-1761227295-1778632336.jpg)

