श्रीधर उपाध्याय
२४ पुस,गैँडाकोट ।संघीय सांसद क्षेत्र विकास कोष अन्तर्गत नवलपुर क्षेत्र नम्बर एकमा ५९ वटा योजना छनौट गरिएको छ । योजना छनौट गर्न सांसद विकास कोषमा प्रत्येक सांसद्का लागि रु चार करोड विनियोजन गरिएको हुन्छ । सोही विनियोजित रकम मध्ये नवलपुर क्षेत्र नम्बर एकमा ५९ वटा योजना छनौट गरिएको छ ।
नवलपुर क्षेत्र नम्बर एक अन्तर्गत गैँडाकोटमा १ करोड ४० लाखका २२ योजना, देवचुलीमा १ करोड १ लाखका १७ योजना, कावासोतीमा ८७ लाखका १३ वटा योजना, बुलिङ्टारमा ७० लाखका १७ योजना रहेका छन् । यस क्षेत्रमा अहिले सबै भन्दा बढी सडक पूर्वाधार तर्फ छुट्एिको छ । सडक पूर्वाधार तर्फ १ करोड ५४ लाख, सामुदायिक भवन निर्माणमा ७३ लाख, सिंचाईका क्षेत्रमा ३० लाख, सांस्कृतिक, पुरातात्विक भवन निर्माणका क्षेत्रमा ३६ लाख, सामुदायिक विद्यालय भौतिक पूर्वाधार तर्फ ५० लाख, खेलकुद क्षेत्रमा १० लाख, खानेपानी ढल निकास तर्फ १५ लाख, ग्रामिण विद्युतीकरण तर्फ २० लाख र अदुवा प्रशोधन केन्द्रका लागि १० लाख रकम छुट्याइएको छ ।
गैँडाकोट नगरपालिका अन्तर्गत गैँडाकोटमा सडक पूर्वाधार तर्फ ५० लाख, सामुदायिक सभागृह निर्माण तर्फ १४ लाख, सिंचाई तर्फ १० लाख, सांस्कृतिक पुरातात्विक तथा पर्यटन तर्फ २० लाख, सामुदायिक विद्यालयको पूर्वाधारतर्फ ३६ लाख र खेलकुद क्षेत्रमा १० लाख रकम विनियोजन गरिएको छ ।
देवचुली नगरपालिका तर्फ खानेपानी तथा ढल निकास तर्फ १५ लाख, सडक पूर्वाधार तर्फ ५० लाख, सामुदायिक सभागृह निर्माणतर्फ २६ लाख, सिंचाई तर्फ १० लाखका योजना छनोट गरिएको छ । कावासोती नगरपालिकामा सामुदायिक सभागृह निर्माण तर्फ ३३ लाख, सांस्कृतिक, पुरातात्विक तथा पर्यटनतर्फ १६ लाख, सडक पूर्वाधार तर्फ २४ लाख, सामुदायिक विद्यालयको भौतिक पूर्वाधारतर्फ १४ लाख रहेको छ ।
बुलिङटार गाउँपालिका तर्फ बुलिङटारमा अदुवा प्रशोधन केन्द्र निर्माणका लागि १० लाख, सिंचाई कुलो निर्माणका लागि १० लाख, सडक पूर्वाधार तर्फ ३० लाख, ग्रामिण विद्युतीकरण तर्फ २० लाखका योजना रहेका छन् ।
नवलपुर एक नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका डा. कोइरालाको क्षेत्र हो । कोइरालाका यसै क्षेत्रबाट तीन पटक निर्वाचित भइसक्नुभएको छ । तीन तीन पटक निर्वाचित भइसक्दा पनि यस क्षेत्रका लागि प्रयाप्त काम गर्न नसकेको कोइरालालाई आरोप लाग्ने गरेको छ ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




