२५ पुस, हेटौँडा । पुर्नस्थापना केन्द्र लागुऔषध दुर्व्यसनीका लागि अस्पताल रहेको यस क्षेत्रमा क्रियाशिलहरुले जनाएका छन् ।
जिल्ला लागुऔषध समन्वय समितिले बुधबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तरक्रियामा उनीहरुले लागुऔषध दुर्व्यसनलाई एक प्रकारको रोग भन्दै यसको उपचार गर्ने ‘अस्पताल’ पुर्नस्थापना केन्द्र भएको बताए । कार्यक्रममा बोल्दै पूर्वदुर्व्यसनीकी आमा कमला मिजारले पुर्नस्थापना केन्द्रकै कारण लागुऔषधमा फसेको आफ्नो छोराले नयाँ जीवन पाएको बताउँदै पुर्नस्थापना केन्द्र दुर्व्यसनी सुधार्ने अस्पताल भएको बताईन् । उनले धामी झाँक्री वा अन्य उपचार पद्धतिबाट दुर्व्यसनमा फसेकाहरु सुध्रने सम्भावना नरहेको भन्दै यसको एक मात्र विकल्प सुधार केन्द्र नै भएकाले अभिभावकहरुले आफ्नो परिवारमा रहेका दुर्व्यसनीहरुलाई बेलैमा सुधार केन्द्रमा लैजान सुझाव समेत दिईन् ।
कार्यक्रममा सियान पुर्नस्थापना केन्द्रका सौजन विडारी, निर्मल विडारी, मकवानपुर रिकभरिङ समूहका दले लामा लगायतले पुर्नस्थापना केन्द्रलाई पागलखाना लगायतका आपेक्षपूर्ण शब्दहरु प्रयोग गर्ने गरिएको प्रति दुःख व्यक्त गर्दै आफुहरुले दुव्र्यसनमुक्त समाज निर्माणका लागि काम गरिरहेको बताए । उनीहरुले यो क्षेत्रमा काम गर्न धेरै चुनौति रहेको भन्दै समाजको सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रममा मकवानपुरमा क्रियाशिल ६ वटा पुर्नस्थापना केन्द्रहरुको गतिविधिबारे जानकारी दिंदै जिल्ला दुर्व्यसन समन्वय समितिका अध्यक्ष सन्दीप शाक्यले केन्द्रहरुले ९ सय ४३ जना लागुऔषध प्रयोगकर्तालाई उपचार सेवा दिएको बताए ।
समितिका अनुसार मकवानपुरका ५ देखि ८ हजारको संख्यामा लागुऔषध प्रयोगकर्ता रहेको र ति मध्ये ७ सय २० जना सुईद्वारा प्रयोग गरिने लागुऔषध दुर्व्यसनी रहेका छन् । यी पुर्नस्थापना केन्द्रमा मकवानपुरकै ५० जना पूर्व लागुऔषध दुर्व्यसनीले रोजगार पाईरहेको जनाईएको छ । केन्द्रहरुले विद्यालय तहदेखि समुदायसम्म पुगेर कुलतविरुद्ध सचेतना फैलाउने काम गरेको शाक्यले जानकारी दिए । राज्यको असहज नीतिका कारण काम गर्न कठिनाई रहेको भन्दै उनले सहजिकरणका लागि सबैसंग आग्रह गरे ।
कार्यक्रममा मकवानपुरमा रहेका पुर्नस्थापना केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मकवानपुरका १ महिला पुर्नस्थापना केन्द्रसहित ६ वटा पुर्नस्थापना केन्द्र संचालित छन् ।
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...
९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...
९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
















-1786686763.jpg)

