Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पुर्नस्थापना केन्द्र दुर्व्यसनीका लागि ‘अस्पताल’

Rehav-1547030389.jpg

२५ पुस, हेटौँडा । पुर्नस्थापना केन्द्र लागुऔषध दुर्व्यसनीका लागि अस्पताल रहेको यस क्षेत्रमा क्रियाशिलहरुले जनाएका छन् । 
जिल्ला लागुऔषध समन्वय समितिले बुधबार हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलन एवं अन्तरक्रियामा उनीहरुले लागुऔषध दुर्व्यसनलाई एक प्रकारको रोग भन्दै यसको उपचार गर्ने ‘अस्पताल’ पुर्नस्थापना केन्द्र भएको बताए । कार्यक्रममा बोल्दै पूर्वदुर्व्यसनीकी आमा कमला मिजारले पुर्नस्थापना केन्द्रकै कारण लागुऔषधमा फसेको आफ्नो छोराले नयाँ जीवन पाएको बताउँदै पुर्नस्थापना केन्द्र दुर्व्यसनी सुधार्ने अस्पताल भएको बताईन् । उनले धामी झाँक्री वा अन्य उपचार पद्धतिबाट दुर्व्यसनमा फसेकाहरु सुध्रने सम्भावना नरहेको भन्दै यसको एक मात्र विकल्प सुधार केन्द्र नै भएकाले अभिभावकहरुले आफ्नो परिवारमा रहेका दुर्व्यसनीहरुलाई बेलैमा सुधार केन्द्रमा लैजान सुझाव समेत दिईन् । 
कार्यक्रममा सियान पुर्नस्थापना केन्द्रका सौजन विडारी, निर्मल विडारी, मकवानपुर रिकभरिङ समूहका दले लामा लगायतले पुर्नस्थापना केन्द्रलाई पागलखाना लगायतका आपेक्षपूर्ण शब्दहरु प्रयोग गर्ने गरिएको प्रति दुःख व्यक्त गर्दै आफुहरुले दुव्र्यसनमुक्त समाज निर्माणका लागि काम गरिरहेको बताए । उनीहरुले यो क्षेत्रमा काम गर्न धेरै चुनौति रहेको भन्दै समाजको सहयोगको अपेक्षा गरेका थिए । कार्यक्रममा मकवानपुरमा क्रियाशिल ६ वटा पुर्नस्थापना केन्द्रहरुको गतिविधिबारे जानकारी दिंदै जिल्ला दुर्व्यसन समन्वय समितिका अध्यक्ष सन्दीप शाक्यले केन्द्रहरुले ९ सय ४३ जना लागुऔषध प्रयोगकर्तालाई उपचार सेवा दिएको बताए । 
समितिका अनुसार मकवानपुरका ५ देखि ८ हजारको संख्यामा लागुऔषध प्रयोगकर्ता रहेको र ति मध्ये  ७ सय २० जना सुईद्वारा प्रयोग गरिने लागुऔषध दुर्व्यसनी रहेका छन् । यी पुर्नस्थापना केन्द्रमा मकवानपुरकै ५० जना पूर्व लागुऔषध दुर्व्यसनीले रोजगार पाईरहेको जनाईएको छ । केन्द्रहरुले विद्यालय तहदेखि समुदायसम्म पुगेर कुलतविरुद्ध सचेतना फैलाउने काम गरेको शाक्यले जानकारी दिए । राज्यको असहज नीतिका कारण काम गर्न कठिनाई रहेको भन्दै उनले सहजिकरणका लागि सबैसंग आग्रह गरे । 
कार्यक्रममा मकवानपुरमा रहेका पुर्नस्थापना केन्द्रका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । मकवानपुरका १ महिला पुर्नस्थापना केन्द्रसहित ६ वटा पुर्नस्थापना केन्द्र संचालित छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार