फाइल फोटो
२६पुस , सिन्धुली। बलात्कार, हत्या तथा बेपत्ताको आरोप लागेका ‘लिटिल बुद्ध’ भनिने रामबहादुर बम्जनको एक आश्रमबाट बिहीबार एक ‘महात्मा गुरु’लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका–८ स्थित पैरे, धापसार भन्ने स्थानमा रहेको आश्रममा सिन्धुपाल्चोकबाट आएको प्रहरीले महात्मा गुरुलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो ।
आश्रमबाट महात्मा गुरु भनिने इन्द्रबहादुर स्याङ्तानलाई सोधपुछका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले जानकारी दिए ।
उनले हेटौंडा घर भएका स्याङ्तानलाई सिन्धुली आश्रमबाट सामान्य सोधपुछ गर्नुपर्ने भएकाले ल्याइएको बताए । प्रहरीले सामान्य सोधपुछका लागि ल्याइएको बताएपनि अन्य जानकारी भने दिएको छैन ।
यसैबीच, सिन्धुपाल्चोकबाट प्रहरी नायव उपरीक्षक विमलराज कँडेलको टोली पनि सिन्धुली आइपुगेको छ । उक्त टोलीले बुधबार बेलुका आश्रममा विगत तीन वर्षदेखि बस्दै आएका रामेछाप, भीरपानी घर भएका २० वर्षीया सोनाम मोक्तान, तोप्चेन गुरुलगायतका व्यक्तिसँग सोधपुछपछि स्थलगत अवलोकन गरेको थियो ।
रामबहादुर बम्जनको सिन्धुलीको पैरे, सर्लाहीको पत्थरकोट र सिन्धुपाल्चोकमामात्र आश्रम रहेको उनका अनुयायीले बताएका थिए ।सत्यको खोजीका लागि यस धर्ममा लागेको र आफूहरूले ज्ञान प्राप्त गरिरहेको उनीहरूको भनाइ थियो ।
‘गुरु’ बन्द प्रशिक्षणमा रहेकाले बम्जनलाई अहिले भेट्न नमिल्ने उनीहरूले प्रहरीलाई जवाफ दिएका थिए ।
हराएका भनिएका व्यक्तिको खोजतलासका लागि सिन्धुपाल्चोक, बाँडेगाउँ आश्रममा छापा मारेपछि प्रहरीको टोली आवश्यक थप अनुसन्धान गर्न हाल बम्जन बसिरहेको भनिएको सिन्धुलीस्थित आश्रमतर्फ आएको हो । बम्जन आश्रमबाट हराएका व्यक्तिका आफन्तले उजुरी दिएपछि प्रहरी टोली अनुसन्धानमा केन्द्रित बनेको छ ।सिन्धुपाल्चोकबाट आएको टोलीले आवश्यक अनुसन्धान गरेपनि कुनैपनि जानकारी दिएको छैन ।
बम्जन आश्रममा पुगेका प्रहरी नायव उपरीक्षक कँडेलले आवश्यक अनुसन्धान भइरहेको र यसबारे अहिले नै केही कुरा खुलासा गर्न नमिल्ने बताए ।हामी चरणबद्ध अनुसन्धानका लागि सामान्य सोधपुछ गरिरहेका छौं’–उनले भने । रासस
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







