२६ पुस, हेटौँडा । संचारकर्मी एवं शिक्षक मनोहर ढकालको बुधबार साँझ भएको रहस्यमय मृत्युको घटनाबारे प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले जानकारी लिएका छन् । ढकालको शव राखेको हेटौँडा अस्पताल पुगेर उनले घटनाबारे जानकारी लिएका हुन् ।
विहिबार दिउँसो पुगेका उनले शव गृहमा शव निरिक्षण गर्दै घटनाबारे प्रहरीसंग जानकारी लिएका छन् । मूख्यमन्त्रीसंगै पुगेका मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भईरहेको जानकारी दिएका थिए । घटनास्थल र शवको अवस्था लगायतको बारेमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले मूख्यमन्त्री पौडेललाई जानकारी दिएका थिए । शव गृहमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईसहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो । उनीहरुले घटनालाई सुक्ष्म ढंगले अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए ।
पौडेलको दुर्घटना नभई हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको परिचालन समेत गरिएको थियो । ढकालको बुधबार साँझ हेटौँडा–१ भैरवडाँडास्थित पाथिभारा मन्दिर जाने सडक भित्रको जंगलमा शंकास्पद ढंगले मृत्यु भएको थियो । मोटरसाइकल दुर्घटना भनिएपछि घटनास्थल पुग्ने सर्वसाधारणले हत्याको आशंका गरेका छन् ।
उनको विहिबार अपरान्ह पोष्टमार्टमपछि राप्ति तटमा अन्त्येष्टि गरिएको छ । पदमपोखरीको पाँचतलेस्थित बुद्ध माविमा अध्यापन गर्ने उनी रेडियो अनमोलमा आवद्ध थिए । उनका श्रीमति, एक छोरा र एक छोरी छन् ।
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







