Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मूख्यमन्त्री पौडेलले लिए ढकालको मृत्युबारे जानकारी

Mukhya-Mantri-1547125400.jpg

२६ पुस, हेटौँडा । संचारकर्मी एवं शिक्षक मनोहर ढकालको बुधबार साँझ भएको रहस्यमय मृत्युको घटनाबारे प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले जानकारी लिएका छन् । ढकालको शव राखेको हेटौँडा अस्पताल पुगेर उनले घटनाबारे जानकारी लिएका हुन् । 
विहिबार दिउँसो पुगेका  उनले  शव गृहमा शव निरिक्षण गर्दै घटनाबारे प्रहरीसंग जानकारी लिएका छन् । मूख्यमन्त्रीसंगै पुगेका मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले घटनाको सुक्ष्म ढंगबाट अनुसन्धान भईरहेको जानकारी दिएका थिए । घटनास्थल र शवको अवस्था लगायतको बारेमा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्टले मूख्यमन्त्री पौडेललाई जानकारी दिएका थिए । शव गृहमा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईसहित संचारकर्मीहरुको उपस्थिति रहेको थियो । उनीहरुले घटनालाई सुक्ष्म ढंगले अनुसन्धान गर्नुपर्नेमा जोड दिएका थिए । 
पौडेलको दुर्घटना नभई हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले समेत अनुसन्धान अघि बढाएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको परिचालन समेत गरिएको थियो । ढकालको बुधबार साँझ हेटौँडा–१ भैरवडाँडास्थित पाथिभारा मन्दिर जाने सडक भित्रको जंगलमा शंकास्पद ढंगले मृत्यु भएको थियो । मोटरसाइकल दुर्घटना भनिएपछि घटनास्थल पुग्ने सर्वसाधारणले हत्याको आशंका गरेका छन् । 
उनको विहिबार अपरान्ह पोष्टमार्टमपछि राप्ति तटमा अन्त्येष्टि गरिएको छ । पदमपोखरीको पाँचतलेस्थित बुद्ध माविमा अध्यापन गर्ने उनी रेडियो अनमोलमा आवद्ध थिए । उनका श्रीमति, एक छोरा र एक छोरी छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार