Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

खेलकुद

एट ए साईड फुटबलको उपाधी प्रगतिशीललाई

1-final-1477744759.jpg

१३ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा भएको एट ए साईड फुटबल प्रतियोगिताको उपाधी चुच्चेखोलाको प्रगतिशील युवा क्लवले कव्जा गरेको छ । गतबर्षको हारको बदला लिंदै प्रगतिशीलले शनिवार उपाधी कब्जा गरेको हो ।

बंशगोपाल उच्च माविको मैदानमा भएको अन्तिम प्रतिष्पर्धामा चिर परिचित प्रतिष्पर्धी पुतलीबजारको बंशगोपाल युवा क्लबलाई पेनाल्टीमा २-१ गोल अन्तरले पराजित गर्दै प्रगतिशीलले उपाधी उचालेको छ । निर्धारित समयमा दुबै टिमबाट १/१ गोल भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा दुबै टिम गोलरहित बराबरीमा रोकिएपछि पेनाल्टीबाट निर्णय लिनुपरेको थियो ।

पेनाल्टीमा पुतलीबजारका निशान घिमिरेले एक गोल गरेका थिए भने प्रगतिशीलका तर्फबाट विवेश माझी र सुजन अाचार्यले गोल गरेका थिए । भिएफटी चौघडाको अायोजनामा भएको प्रतियोगितामा विजेताले २० हजार र उपविजेताले १० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।कार्यक्रममा एन्फा अन्डर १४ मा प्रशिक्षणरत खेलाडी रोशन दोङलाई नगदसहित सम्मान गरिएको थियो ।

विजेता, उपविजेता र सहभागी टिमलाई जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष बालकृष्ण चौलागाईं, बसामाडि जेसीजका अध्यक्ष सुनिल दाहाल, ६ नम्बर वडा टोल विकास समन्वय समिति संयोजक गणेश दुलाल, तरूण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, नवजीवन ज्योति क्लबका अध्यक्ष श्रीराम पुडासैनी, बाल जागृति युवा बर्ष माविका प्रअ अर्जुनप्रसाद चौलागाईं, नेपाल स्वास्थ्यकर्मी समाजका नीजि विभागका केन्द्रीय संयोजक उत्सव चौलागाईं, कार्यक्रम संयोजक राजकुमार बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा हेटौंडा-६ का ८ वटा टोलीको सहभागिता रहेको थियो ।

1-Final1-1477748292.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको पानीमा परेर बालिका घाइते
t3lkwboabgv8pdeorqsr-1713884121.jpg

११ बैशाख, हेटौंडा। मकवानपुरमा कुखुरा खुइल्याउन उमालेको तातो पानीमा परेर एक बालिका घाइते भएकी छिन्।जिल्लाको...

कतारका अमिर अल थानी भ्रमणका लागि नेपाल आइपुगे
Screenshot_20240423_16251-1713869235.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन् । उनी पौने ४...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
oli-dahal-27102023103629-1713867562.jpg

११ बैशाख, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ...

बारामा प्रहरीका सईले बोकेको पेस्तोल हरायो
1713863514864-1713863524.jpg

११ बैशाख, सिमरा। बारामा एक जना वरिष्ठ सईले बोकेको पेस्तोल हराएको छ।  ईलाका प्रहरी कार्यालय अमलेखगञ्जमा...

कामधेनुको वार्षिकोत्सवमा जेष्ठ सेयर सदस्यलाई लौरो प्रदान
FB_IMG_1713854808841-1713854932.jpg

११ बैशाख, हेटाैडा । हेटाैडा ६ चुच्चेखाेलामा रहेकाे कामधेनु बहुउद्देश्यीय  सहकारी  संस्थाले आफ्नो २६ औ...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो
Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला...

आइपिएल: राजस्थानले मुम्बईलाई ९ विकेटले हरायो
seJ20B73u7-1713835326.jpg

११ बैशाख, हेटौंडा । आईपीएलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । मुम्बईले प्रस्तुत...

कतारका अमिर अल थानी आज नेपाल आउँदै
1709003461-iXEEL-1713834746.jpg

११ बैशाख, हेटौंडा । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलको...

आँचलले शनिवार ९ जना स्रष्टालाई सम्मान गर्ने
aanchal-1713834584.jpg

११ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले विभिन्न...

थप समाचार