Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

वाईडबडी अनियमिततामा मुछिएकालाई सरकारले कार्वाही नगर्ने 

2nUwfUJ422UjkkmwK045-1547130188.jpg

२६ पुष, हेटौंडा । सरकारले वाईडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएकाहरुलाई तत्काल कार्वाही नगर्ने स्पष्ट पारेको छ । 
सरकारका प्रवक्ता एवम् संचार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले वाईडबडी विमान खरिदमा भएको अनियमिततामा मुछिएका मन्त्री तथा कर्मचारीहरुलाई तत्काल कार्वाही नगर्ने बताएका छन। 
उनले  सरकारले गठन गरेको छानवीन आयोगको प्रतिवेदन आएपछि मात्रै सो प्रकरणमा दोषी देखिएकाहरुमाथि कार्वाही हुने पनि स्पष्ट पारे ।
बिहीबार मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको निर्णयको हेक्का राखेरै सरकारले सो प्रकरणका सम्बन्धमा छानवीन गर्न आयोग नै गठन गरेको बताए । यथार्थ विवरण नआई वाइडबडी विमान खरिद प्रकरणमा दोषी देखिएकामाथि कार्वाही गर्न हतारो हुने संचारमन्त्री बास्कोटाको भनाई छ । 
संघीय संसदको सार्वजनिक लेखा समितिले वाईडबडी विमान खरिदमा मुख्य दोषी देखिएको भन्दै नेपाल वायु सेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गर्न र बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको पनि संलग्नता रहेको भन्दै कानुनी कार्वाही गर्न सरकारलाई निर्देशन दिएको थियो । यस्तै मन्त्री बास्कोटाले वरिष्ठ चिकित्सक गोविन्द केसीको माग बमोजिमनै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ पारित गरेको दावी पनि गरे । उनले वरिष्ठ चिकित्सक केसीको १६ औं आमरण अनसन बुझि नसक्नु भएको प्रतिक्रिया दिँदै सो सम्बन्धमा बुझ्न पनि संचारकर्मीहरुलाई आग्रह गरे। 
वरिष्ठ चिकित्सक केसीले आफूसँग गरिएको सहमति विपरित संसदीय समितिले सो विधेयक पारित गरेको भन्दै १६ औं पटक इलाममा पुगेर आमरण अनसन सुरु गरेकाछन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार