Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

व्यवसायी हुसेन हत्यामा संलग्न ४ जना पक्राउ

Pakrau-1547179240.JPG

Photo : ekantipur

२७ पुस, सुनसरी । सुनसरीका व्यवसायी फिदा हुसेनको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 
दुहवी नगरपालिका ९ छाताबेलीका ब्यवसायी हुसेनको गोली हानी हत्या गर्ने समूहका चार जना अभियुक्तलाई प्रहरीले घटनाको ५१ औं दिनपछि पक्राउ गरी सार्वजनिक गरेको समाचार कान्तिपुरमा छ । 
व्यक्तिगत रिसइवी र आर्थिक लेनदेनमा भएको असमझदारीको कारण हुसेनको हत्या भएको प्रहरीले जनाएको छ । हत्याका मुख्य योजनाकार छाताबेलीका मोहमद शाकीम हुसेन, दुहवी १२ सीतापुरका विशम्बर यादव, छाताबेलीकै मोहमद जाबीर हुसैनलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र सुनसरी प्रहरीको सक्रियतामा पक्राउ गगरी सार्वजनिक गरिएको हो । अर्का अभियुक्त छाताबेलीकै जफर मियालाई बाँके प्रहरीले पक्राउ गरी सुनसरी प्रहरीलाई बुझाउने जनाएको छ । 
प्रहरीले उनीहरुले प्रयोग गरेको कटुवा पेस्तोल खोका सहितको एक थान, गोली २ राउण्ड र चक्कु एकथान बरामद गरेको छ । घटनापछि दुहवी १२ मा रहेको लक्ष्मीनारायणको मन्दिर परिसरमा रहेको नरिवलको रुखमुनि खनेर हतियार लुकाएको अवस्थामा अभियुक्तको बयानका आधारमा प्रहरीले सो हतियार बरामद गरेको सुनसरीका एसपी राजन अधिकारीले जानकारी दिए ।
व्यवसायी हुसेनलाई मंसिर ५ गते बिहान सात बजे जयबाबा इँटा भट्टा जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको शाखा नहरमा गोली हानिएको थियो । मोटरसाईकलमा आएका एक ब्यक्तिले हुसेनमाथि गोली प्रहार गरी भागेका थिए । उनको घटनास्थलमै मृत्यु भएको थियो । हत्याका अभियुक्त पक्राउ गर्नुपर्ने र मृतकलाई शहिद घोषणा गर्नु पर्ने माग राखि उनको शव नै सडकमा राखेर दुहवीबासीले आन्दोलन गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
काठमाडौं जिल्ला अदालतबाट तारिख बुझे रविले
Screenshot_20241105_16244-1779869278.jpg

१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Screenshot_20251007_11590-1779868250.jpg

१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...

बागमती प्रदेशका प्रदेश सचिव गौतमको सरूवा
baburam_nHIQXBsf05_rel77i-1779844317.png

१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ ।  सरकारले मन्त्रिपरिषद् बैठकबाट...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने
Screenshot_20260518_07103-1779843089.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
water-1779842764.jpg

१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश
1743067519_Durga-prasain-1779792714.jpg

१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...

श्रीमानको कुटपिटबाट महिलाको मृत्यु
hatya-1-1779783044.jpg

१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...

सभामुख अर्याल र कोरियाका राजदूत पार्कबीच भेटवार्ता
aryal-1779760943.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260518_07103-1779760419.jpg

१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg