Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

कांग्रेसका तीन नेताले बाँडे १५० जनालाई कपडा र स्टेशनरी

111-1547431400.jpg

३० पुष, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका तीनजना नेताहरुको आर्थिक सहयोगमा १ सय ५० जना विद्यार्थीहरुलाई न्यानो कपाडा सहित स्टेशनरी वितरण गरिएको छ । 
मकवानपुरको विकट कैलाश गाउँपालिका–८ भार्ता ल्वाङ्गामा रहेको सुन्दरकाली प्राविका एकसय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी वितरण गरिएको हो । 
नेपाली कांग्रेस मकवानपुर सभापति एवम् ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र पेट्रोलियम बिक्रेता संघ मकवानपुरका अध्यक्ष एवम् कांग्रेस नेता उत्सव ईटेनीले न्यानो कपडा तथा आवश्यक स्टेशनरी सामग्री उपलब्ध गराएका हुन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिताराम थिङको अध्यक्षता तथा कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाको प्रमुख आतिथ्यतामा सामग्री वितरण गरिएको हो । जाडोमा लगाउने न्यानो कपडा स्वीटर, टोपी र स्टेसनरी सामग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रममा कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, कांग्रेस नेता शंकर न्यौपाने, तरुण दल अध्यक्ष ईश्वर पाठक, महिला संघ सचिव निलम देवकोटा, कैलाश गाउँपालिका ८ नम्बर वडा अध्यक्ष सूर्जबहादुर थिङ, कांग्रेस मकवानपुरका सूचना प्रमुख सुजन विडारी, सुन्दरकाली प्राविका प्रधानाध्यापक निर्मला सिन्तान, शिक्षक प्रदिप थिङ, मकवानपुर उद्योग वाणिज्य संघका सचिव सन्तोष अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कांग्रेस नेताहरुले आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोगको कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
 

49775719_2204892476394321-1547431401.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार