फाइल फोटो
३० पुस, धनुषा । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले प्रदेश नम्बर २ का उद्योग पर्यटन तथा वन मन्त्रालयका सचिव विद्यानाथ झालाई थप्पड हानेको विरोधमा कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले दोषीलाई कार्वाहीको माग गर्दै २४ घण्टे अल्टिमेटम समेत दिएका छन् ।
पुस २९ गते आईतबार अर्थात हिजो मन्त्री यादवले सचिव झालाई थप्पड हानेका थिए । उक्त घटनालाई लिएर आज धनुषा र महोत्तरीका विभिन्न ९ वटा ट्रेड यूनियनले सचिव झालाई थप्पड हानेको घटनाको घोर भत्र्सना गर्दै सशक्त आन्दोलनको चेतावनी दिएका हुन् ।
ट्रेड युनियन धनुषाले कर्मचारीमाथि भएको हातपातले मनोबल गिराएको दाबी गर्दै सुरक्षाको प्रत्याभूतिको समेत माग गरेको छ ।
युनियनले सुरक्षाको गर्दै आज मुख्यमन्त्री लालबाबु राउत र धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ५ बुँदे ज्ञापनपत्र बुझाएका छन । ज्ञापनपत्र बुझाउन आधिकारीक ट्रेड युनियन धनुषाका अध्यक्ष रामबाबु साह, जुनियर वन प्राधिकरण संघ धनुषाका अध्यक्ष बचन साह, नेपाल निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष जितनारायण भत , आधिकारीक ट्रेड युनियन महोत्तरीका अध्यक्ष राजीशरण यादव, नेपाल राष्ट्रिय निजामति कर्मचारी संगठन धनुषाका अध्यक्ष नवलकिशोर यादव, नेपाल मधेशी निजामति कर्मचारी मञ्च धनुषाका दिपक ठाकुर, राष्ट्रिय स्वास्थ्यकर्मी मिलन केन्द्र धनुषाका अध्यक्ष धनेश्वर यादव , नेपाल निजामति कर्मचारी युनियन संगठन धनुषाका तैयव राईन, नेपाल मधेशी निजामति कर्मचारी मञ्च महोत्तरीका उपाध्यक्ष मनोज ठाकुर पुगेका थिए ।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















