१माघ , देवघाट। पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार दुई लाखभन्दा बढी भक्तजनले देवघाटमा रात बिताएका छन् । उनीहरु स्नान गरेर फर्कने र अरु थप आउने क्रम जारी छ । देवघाटको बेनिका नदी तटीय क्षेत्र, चितवन र तनहुँतर्फका मठमन्दिर, आश्रम, बाटोघाटो सबै क्षेत्र भक्तजनले भरिएको पौडेलले बताउनुभयो । सोमबार साँझ देवघाटको महेश सन्यास आश्रममा मध्यरातसम्म मकर काव्ययामीनि कार्यक्रम भएको थियो । आज दिउँसो गलेश्वर आश्रमको वेदवेदान्त विद्यालयमा एक दिवसीय सन्त सम्मेलन हुँदैछ ।
विभिन्न उपसमिति गठन गरी व्यवस्थापनको काम गरिएकाले कुनै समस्या नभएको पौडेलले बताउनुभयो । आज दिउँसोसम्ममा करीक पाँच लाख भक्तजनले देवघाटमा स्नान र दर्शन गर्ने अनुमान गरिएको पौडेलको भनाइ छ । नारायणगढ मुग्लिन सडकखण्डको अवस्थामा सुधार आएपछि यस वर्ष भक्तजनको चाप बढेको उहाँले बताउनुभयो ।
चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा आज व्रतबन्ध गर्नेको भीड छ । चितवन र तनहुँ जोड्ने झोलुङ्गे पुलमा दुवैतर्फ प्रहरी र स्वयंसेवकले आलोपालो सुरक्षा दिएका छन् । ठूलो सङ्ख्यामा भक्तजन आएकाले सुरक्षा प्रबन्ध चुस्त बनाइएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो । जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहित आफू सोही क्षेत्रमा रहेको बताउनुभयो । उहाँले स्नान गर्दा समस्या हुनसक्ने भन्दै सशस्त्र प्रहरीको विशेष टोली तयारी अवस्थामा राखिएको बताउनुभयो ।
मकर मेलाका लागि विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान गर्ने र पूजाआजा गर्ने क्रम गए राति देखिनै चलिरहेको छ । देवघाटमा स्नान गरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास छ । सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम र यज्ञ यागादी गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको हो ।रासस
१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...
१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...
१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...
१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...
१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...
१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...










-nepal-1792111426.jpg)







