पार्क निर्माणस्थलबाट तल देखिएको झुरझुरे बजार ।
२ माघ, हेटौँडा । बाग्मति गाउँपालिका वडा नम्बर ४ झुरझुरेमा निर्माण हुन लागेको सहिद पार्क स्थलमा तत्कालिन जनयुद्धका नेतृत्वकर्ता एवं नेकपा अध्यक्ष पुष्पकमल दाहाल आउने भएपछि स्थानीय बासिन्दा कुरेर बसेका थिए ।
तत्कालिन नेकपा माओवादी र तत्कालिन सरकारी सुरक्षकर्मीबिच भएको भिडन्त स्थलमा निर्माण हुन लागेको पार्कको बुधबार दिउँसो १२ बजे दाहालले उद्घाटन गर्ने उत्साहमा धेरै जना प्रतिक्षरत थिए । तत्कालिन माओवादीका कार्यकर्तादेखि झुरझुरेका सर्वसाधारण झुरझुरे बजार केही माथिको पार्क निर्माणस्थल पुगेर तयारीका साथ प्रचण्डको स्वागतमा बसिरहेका थिए । प्रचण्ड झुरझुरे पारीको खहरेमा आउँदासम्म पार्क उद्घाटनस्थलमा बाक्लो संख्यामा सर्वसाधारण पुगेका थिए ।
करिब १ बजेतिर झुरझुरे पुगेका प्रचण्ड पार्क निर्माण स्थलमा शिलान्यासका लागि तयार पारेको स्थानमा गएनन् । ५ मिनेटको उकालोमा पुगिने उद्घाटनस्थलमा प्रचण्ड नआउने खबर आएपछि सर्वसाधारण निरास हुँदै तल झरे । तल झरिरहेकाहरु प्रचण्ड मूख्य भिडन्तस्थल नपुगेकोमा गुनासो गर्दै थिए । २८ जना माओवादी नेता कार्यकर्ताले ज्यान गुमाएको स्थानमा किन नआएका होला भन्दै प्रश्न गर्नेहरु समेत थिए । केहीले भने प्रचण्डले आफ्नो कार्यकर्ताको बलिदानको अवमूल्यन गरेको भन्दै तल झर्दै थिए ।
तल गाउँपालिका भवन उद्घाटनपछि मन्तव्य व्यक्त गर्दै प्रचण्डले त्यहीबाट पार्कको शिलान्यास भएको घोषणा गरे । शिलान्यास भएको घोषणा गर्दै दाहालले समय अभावका कारण आफु त्यहाँ पुग्न नसकेको भन्दै आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२०६२ साल माघ ८ गते राती भएको भिडन्तका क्रममा स्थानीय मानबहादुर बज्यु र प्रताप बज्यु, २८ माओवादी नेता कार्यकर्ता र सुरक्षाकर्मी गरी ठूलो संख्यामा ज्यानमा गएको थियो । त्यही भिडन्त स्थलमा सहिद स्तम्भ, भ्युटावर, पिकनिक स्थल, पैदल मार्गसहितको पार्क निर्माण गर्न लागेको सहिद पार्क निर्माण तथा ब्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर थिङले बताए । उनका अनुसार यसका लागि बाग्मति गाउँपालिकाले २० लाख रुपैँया विनियोजित गरेको छ ।
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















