Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रचण्डले भने– अहिलेको संविधानमा अधिकार नै अधिकार

Prachanda-1547651701.jpg

२ माघ, हेटौँडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको संविधानमा अधिकार नै अधिकार रहेको बताएका छन् ।
बागमति गाउँपालिका कार्यालयको झुरझुरेमा नवनिर्मित भवनको बुधबार उद्घाटन गर्दै उनले अहिलेको संविधानले जनतालाई धेरै अधिकार दिएको बताए । उनले नेपालको मौलिक हक अन्य देशको भन्दा धेरै रहेको भन्दै यसले नागरिकलाई अधिकार सम्पन्न बनाएको बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अधिकार नागरिकलाई दिन नसके उनीहरुले सरकारविरुद्ध मुद्धा दायर गर्न सक्ने व्यवस्था भएको बताए । 
उनले समानुपातिक प्रतिनिधित्वको नयाँ व्यवस्था देशमा आएको भन्दै बदलिएको व्यवस्थामा सबैको जिम्मेवारी फेरिएको बताए । अहिले बलियो सरकार बनेको र सिंहदरबारको अधिकार गाउँ तहसम्म पुगेको उनको भनाई थियो । उनले जनतालाई सुख सुविधा दिने, अधिकार दिने र पहिचान स्थापना गर्ने मूल उद्धेश्य रहेको बताए । उनले कुनै व्यवस्था आउँदैमा सुख शान्ति नआउने भन्दै यसले समृद्धि नल्याएसम्म व्यवस्था परिवर्तनको औचित्य नहुने बताए । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष सर्केस घलानले त्यस क्षेत्रका समस्याबारे अवगत गराएका थिए । १४ कोठे भवन ८९ लाख रुपैँयामा निर्माण भएको जनाईएको छ ।

Prachanda1-1547651703.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथ फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ,हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

थप समाचार