Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्याव्सन मकवानपुरको अधिवेशन शनिबार

Pabson-1547722109.jpg

३ माघ, हेटौँडा । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याव्सन) मकवनपुरको सातौं जिल्ला अधिवेशन शनिबार हुने भएको छ । प्याव्सन मकवानपुरले विहिबार पत्रकार सम्मेलन गरी माघ ५ गते शनिबार सातौं अधिवेशन हुने जनाएको हो । 
अधिवेशनबारे जानकारी दिंदै जिल्ला अध्यक्ष मदन दाहालले अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति, प्रदेश अधिवेशन प्रतिनिधि र राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयन गर्ने जानकारी दिए । उनले संघीय संरचनामा गईसकेपछि पहिलो पटक हेटौँडा नगर कमिटि समेत अधिवेशनबाट चयन हुने बताए । यसअघि मनहरी गाउँपालिकार थाहा नगरपालिकामा कमिटि गठन भईसकेको जनाईएको छ । 
हेटौँडाको क्लव हेटौँडामा हुने अधिवेशनको अवसरमा लामो समय शिक्षा क्षेत्रमा योगदान पुर्याएका विद्यालय संचालक, विद्यालय शिक्षक, कर्मचारी र शिक्षा क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई सम्मान गर्ने प्याव्सनले जनाएको छ । यसैगरी, प्याव्सनको प्रदेश अधिवेशन माघ २५ गते हेटौँडामा हुने भएको छ । मकवानपुरमा रहेका ८२ संस्थागत विद्यालयमा ३५ हजार विद्यार्थीले अध्ययन गरिरहेका छन् भने ११ सय शिक्षकले अध्यापन गरिरहेका छन् । मकवानपुरमा संस्थागत विद्यालयमा २ अर्ब भन्दा बढि लगानी रहेको प्याव्सनको दावि छ ।
पत्रकार सम्मेलनमा प्याव्सनका केन्द्रीय उपाध्यक्ष आशिष श्रेष्ठ, प्रदेश उपाध्यक्ष केशवलाल श्रेष्ठसहित जिल्ला कार्यसमितिका प्रदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार