File Photo
३ माघ, हेटौँडा । मकवानपुरमा यो वर्षदेखि सोनाम ल्होसार महोत्सव हुने भएको छ । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्ब २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा ‘प्रथम ल्होछार महोत्सव’ हुने भएको हो ।
ल्होसार महोत्सव आयोजना गर्ने बारे हेटौँडामा तामाङ गुठी, गुम्बा, र घेदुङका पदाधिकारीहरुबिच भएको संयुक्त बैठकले यही माघ २१ र २२ गते दुई दिन ल्होछार महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सव सफल बनाउन ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तानको संयोजकत्वमा १ सय ५१ सदस्यीय ल्होछार महोत्सप मूल समारोह समिति गठन गरिएको छ ।
‘सोनाम ल्होसार महोत्सवको प्रबद्र्धन, हाम्रो साँस्कृतिक सरोकार ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार’ भन्ने मुल नारामा साथ महोत्सव आयोजना गर्न लागिएको संयोजक आत्माराम मोक्तानले बताए । ‘भाषा, धर्म, संस्कृति तामाङको पहिचान, उत्पादन निर्माण र तामाङ जातिको लोप हुन लागेको सँस्कृतिलाई संरक्षण, सम्बर्दन र प्रबर्दन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो’, उनले भने ।
महोत्सव सफल पार्नका लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरिएको छ । समितिको आर्थिक संयोजकमा डोल्मा स्याङ्बो, मञ्च तथा साउण्ड सिस्टम ब्यबस्थापनमा सबिन मोक्तान, पुजा ब्यबस्थापनमा काजिमान तितुङ, कला साँस्कृतिक संयोजकमा कृष्ण बहादुर मोक्तान, प्रचारप्रसार संयोजकमा दिल बहादुर लामालाई चयन गरिएको छ ।
महोत्सवमा तामाङ खाना परिकार, लत्ताकपडा, पुस्तक प्रदर्शनी, लामा प्रशिक्षण तथा प्रबचन, लगायत ताम्बा, झाँक्री लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताईएको छ । जिल्लाभित्रका सम्पूर्ण तामाङ जातिलाई एकताको सुत्रमा बाँध्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवको अवसरमा तामाङ लोकसँस्कृतिमा आधारित विभिन्न संस्कृति तथा कला, गीत र नृत्यको समेत प्रदर्शन गरिने तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष कलासँस्कृति संयोजक कृष्ण मोक्तानले बताए ।
१३ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालत पुगेका छन् ।...
१३ जेठ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो । आज छापावाल...
१३ जेठ, हेटौंडा । बागमती प्रदेशका प्रदेश सचिव बाबुराम गौतमको सरूवा भएको छ । सरकारले मन्त्रिपरिषद् बैठकबाट...
१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने भएका छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र...
१३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
१२ जेठ, हेटौंडा । पर्साको वीरगञ्जबाट गत जेठ ५ गते राति पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ...
१२ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
१ जेठ, हेटौंडा । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को वैशाख २८...
१ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
१ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको छ । प्रदेश...
















-1778822654.png)

