Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा प्रथम सोनाम ल्होसार महोत्सवको तयारी

Losar-1547732844.jpg

File Photo

३ माघ, हेटौँडा । मकवानपुरमा यो वर्षदेखि सोनाम ल्होसार महोत्सव हुने भएको छ । तामाङ समुदायको प्रमुख सांस्कृतिक पर्ब २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा ‘प्रथम ल्होछार महोत्सव’ हुने भएको हो ।
ल्होसार महोत्सव आयोजना गर्ने बारे हेटौँडामा तामाङ गुठी, गुम्बा, र घेदुङका पदाधिकारीहरुबिच भएको संयुक्त बैठकले यही माघ २१ र २२ गते दुई दिन ल्होछार महोत्सव गर्ने निर्णय गरेको हो । महोत्सव सफल बनाउन ह्याङ्ला तामाङ समाजका अध्यक्ष आत्माराम मोक्तानको संयोजकत्वमा १ सय ५१ सदस्यीय ल्होछार महोत्सप मूल समारोह समिति गठन गरिएको छ । 
‘सोनाम ल्होसार महोत्सवको प्रबद्र्धन, हाम्रो साँस्कृतिक सरोकार ताम्सालिङ प्रदेशको निर्माण, हाम्रो राजनीतिक आधार’ भन्ने मुल नारामा साथ महोत्सव आयोजना गर्न लागिएको संयोजक आत्माराम मोक्तानले बताए । ‘भाषा, धर्म, संस्कृति तामाङको पहिचान, उत्पादन निर्माण र तामाङ जातिको लोप हुन लागेको सँस्कृतिलाई संरक्षण, सम्बर्दन र प्रबर्दन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो’, उनले भने ।
महोत्सव सफल पार्नका लागि विभिन्न उपसमितिहरु समेत निर्माण गरिएको छ । समितिको आर्थिक संयोजकमा डोल्मा स्याङ्बो, मञ्च तथा साउण्ड सिस्टम ब्यबस्थापनमा सबिन मोक्तान, पुजा ब्यबस्थापनमा काजिमान तितुङ, कला साँस्कृतिक संयोजकमा कृष्ण बहादुर मोक्तान, प्रचारप्रसार संयोजकमा दिल बहादुर लामालाई चयन गरिएको छ ।
महोत्सवमा तामाङ खाना परिकार, लत्ताकपडा, पुस्तक प्रदर्शनी, लामा प्रशिक्षण तथा प्रबचन, लगायत ताम्बा, झाँक्री लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने बताईएको छ । जिल्लाभित्रका सम्पूर्ण तामाङ जातिलाई एकताको सुत्रमा बाँध्न पनि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । महोत्सवको अवसरमा तामाङ लोकसँस्कृतिमा आधारित विभिन्न संस्कृति तथा कला, गीत र नृत्यको समेत प्रदर्शन गरिने तामाङ साँस्कृतिक घेदुङका अध्यक्ष कलासँस्कृति संयोजक कृष्ण मोक्तानले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार