Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल, महिला टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा

Nepal-women-cricket_2tamF-1547793113.jpg

४ माघ, हेेेटौंडा ।  नेपाल थाइल्याण्डमा जारी टी–२० स्म्यास महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनलमा इन्डोनेसियालाई ९२ रनले हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । नवौं ओभरमा टिमको स्कोर ३१ रन हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । 
त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा पुर्‍याए ।
व्यक्तिगततर्फ सीताले अर्धशतक बनाउन दुई रनले चुकिन् । उनी ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।
जवाफमा नेपालको कसिलो बलिङसामु इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउँदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलियाले सर्वाधिक १३ रन बनाइन् ।
त्यसपछि इन्डोनेसियाले अरु १६ रन जोड्दा सबै विकेट गुमायो । उसका तीन खेलाडीले खाता खोल्न सकेनन् । अरु खेलाडीले पनि दोहोरो अंक जोड्न सकेनन् ।
नेपालकी रुविना क्षेत्रीले तीन विकेट लिइन् भने दुई खेलाडीलाई रन आउट गरिन् । 
यस्तै, कविता कुवँर, सरिता मगर, सीता रानामगर र नेरी थापाले एक–एक विकेट लिए ।

अब नेपालले फाइनल खेल युएई र थाइल्याण्ड बिचको बिजेता सङ्ग खेल्नेछ ।
यसअघि नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा युएई र चौथो खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो ।
राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा करीब दुई वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको नेपाली टोली निकै सशक्त देखिएको छ । 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

थप समाचार