८ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीको ठूलोथलीमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । सोनाम ल्होछार साँस्कृतिक मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी ल्होछार विशेष साँस्कृतिक कार्यक्रम माघ २५ गते हुने जानकारी दिएको हो ।
तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा माघ २५ गते ठूलोथलीस्थित गुम्बा डाँडामा साँस्कृतिक कार्यक्रम हुने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिकी संयोजक संगिता वाईबाले पदमपोखरीको ठुलोथलीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न समेत कार्यक्रमको स्थल ठुलोथली तोकिएको बताईन् । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु टिका भोम्जन, जगत लामा घिसिङ, अनिल लामा वाईवा, प्रकाश लामा, अविराम मुक्तान, बिमला लामा लगाएतका कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिने संयोजक वाईवाले बताईन् ।
दिउँसो ३ बजेदेखि हुने कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । करिब २ लाख लागत अनुमान गरिएको साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि सबैलाई आह्वान गरिएको छ । कार्यक्रम स्थल पर्यटकीय क्षेत्रका रुपमा समेत विकास भइरहेकोले उक्त स्थानको अवलोकनका लागि समेत संयोजक वाईबाले आह्वान गरेकी छिन् ।
ल्होछारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्नका लागि १३ सदस्यीय ल्होछार मुल समारोह समिति समेत गठन संयोजक वाईबाले जानकारी दिईन् । समितिका सदस्यहरुमा प्रेमबहादुर गोले, रामलाल गोले, शंकर मोक्तान, मदनकुमार बल, भुवन मोक्तान, जीवन स्याङ्तान, दिलिप थिङ, कृष्णबहादुर मोक्तान, सुरेश गोले, बिरबहादुर गोले, सिता थिङ र ध्यानबहादुर दोङ रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबा, कुमार सिं बज्यू, सुकुमबहादुर मोक्तान, भिमबहादुर थिङ लगायत रहेका छन् ।
पत्रकार सम्मेलनमा संयोजक वाईबा, वडा नम्बर १३ कार्यपालिका सदस्य रुपा खुलाल, कलाकार संयोजक धिरेन लामासहित मूल समारोह समितिका सदस्यहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786686763.jpg)