Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

यसरी मनाईदैछ पदमपोखरी ठूलोथलीमा ल्होछार

Padampokhari-Lhichhar-Pre-1548165433.JPG

८ माघ, हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीको ठूलोथलीमा सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रमको आयोजना हुने भएको छ । सोनाम ल्होछार साँस्कृतिक मूल समारोह समितिले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी ल्होछार विशेष साँस्कृतिक कार्यक्रम माघ २५ गते हुने जानकारी दिएको हो ।
तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बँदेल बर्ग) सोनाम ल्होछारको अवसरमा माघ २५ गते ठूलोथलीस्थित गुम्बा डाँडामा साँस्कृतिक कार्यक्रम हुने भएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिकी संयोजक संगिता वाईबाले पदमपोखरीको ठुलोथलीलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न समेत कार्यक्रमको स्थल ठुलोथली तोकिएको बताईन् । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरु टिका भोम्जन, जगत लामा घिसिङ, अनिल लामा वाईवा, प्रकाश लामा, अविराम मुक्तान, बिमला लामा लगाएतका कलाकारहरुले साँस्कृतिक प्रस्तुती दिने संयोजक वाईवाले बताईन् ।
दिउँसो ३ बजेदेखि हुने कार्यक्रमलाई हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । करिब २ लाख लागत अनुमान गरिएको साँस्कृतिक कार्यक्रममा सहभागी हुनका लागि सबैलाई आह्वान गरिएको छ । कार्यक्रम स्थल पर्यटकीय क्षेत्रका रुपमा समेत विकास भइरहेकोले उक्त स्थानको अवलोकनका लागि समेत संयोजक वाईबाले आह्वान गरेकी छिन् ।
ल्होछारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्नका लागि १३ सदस्यीय ल्होछार मुल समारोह समिति समेत गठन संयोजक वाईबाले जानकारी दिईन् । समितिका सदस्यहरुमा प्रेमबहादुर गोले, रामलाल गोले, शंकर मोक्तान, मदनकुमार बल, भुवन मोक्तान, जीवन स्याङ्तान, दिलिप थिङ, कृष्णबहादुर मोक्तान, सुरेश गोले, बिरबहादुर गोले, सिता थिङ र ध्यानबहादुर दोङ रहेका छन् । त्यस्तै सल्लाहकारहरुमा वडा नम्बर १३ का अध्यक्ष मनोजकुमार वाईबा, कुमार सिं बज्यू, सुकुमबहादुर मोक्तान, भिमबहादुर थिङ लगायत रहेका छन् ।
पत्रकार सम्मेलनमा संयोजक वाईबा, वडा नम्बर १३ कार्यपालिका सदस्य रुपा खुलाल, कलाकार संयोजक धिरेन लामासहित मूल समारोह समितिका सदस्यहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार